८ वैशाख २०८१ शनिबार
समाज

खोटाङका ८८ परिवारलाई राहत

राहत वितरण गर्दै नगर उपप्रमुख बिमला राई लगायत । तस्बिर : नागरिक

राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई राहत प्रदान गरेको छ । बौद्ध सेतो गुम्बा काठमाडौको सामाजिक संस्था राङज्यूङ येशे शेनफेनले विद्यालयमा अध्ययनरत विद्यार्थीका ८८ परिवारलाई चामल, दाल, नुन, तेल र मस्यौरा प्रदान गरेको हो ।  

महेन्द्रोदय माविका कक्षा १ देखि कक्षा ६ सम्म अध्ययनरत विधार्थीलाई २०७५ सालदेखि बेला–बेलामा निःशुल्क स्टेशनरी र नियमित टिफिन (खाजा) खुवाउदै आएको सो संस्थाले तिनै विद्यार्थीका अभिभावकलाई शुक्रबार खाद्य सामग्री प्रदान गरेको हो । विद्यार्थीका परिवारलाई प्रतिपरिवार ३० केजी चामल, ३ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल र १ केजी मस्यौरा वितरण गरिएको बौद्ध सेतो गुम्बा काठमाडौंका प्रतिनिधि पेम्बा दोर्जे शेर्पाले बताए । हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख बिमला राई, महादेवस्थानका वडाध्यक्ष चयन्द्र राई, गुम्बाकातर्फबाट प्रतिनिधि दावा शेर्पा लगायतले राहत वितरण गरेका हुन् ।  

 

 

प्रकाशित: १३ असार २०७७ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App