२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचनमा धाँधली भयो: ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन्।

‘पार्टीभित्रैबाट अन्तर्घात भयो’

नेकपा एमालेले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा स्थानीय निर्वाचनमा पार्टीभित्रबाटै नसोचेको अन्तर्घात भएको तर पार्टीलाई प्राप्त लोकप्रिय मत नघटेको बताएका हुन्।

गण्डकी प्रदेशः कांग्रेस–एमालेले आफूलाई सुधार्न सकेनन्

सत्ता गठबन्धन गरेर चुनावी मैदानमा ओलिएका पाँचवटा दल एमालेसँगको प्रतिश्पर्धामा हुँदाहुँदै पनि गण्डकीमा कांग्रेस अघिल्लो पटक भन्दा यो पटक कमजोर देखिएको छ। एमालेले पनि अघिल्लो पटकको तुलनामा खासै सुधार्न सकेको छैन। यो पटकको निर्वाचनमा अहिलेसम्म ३५ वटामा मात्र कांग्रेसले जित हात पारेको छ। एमालेले पनि अहिले ३५ वटै तहमा जित हात पारेर कांग्रेससँग बराबरीमा छ। बाँकी २ वटा स्थानीय तहमा परिणाम आउन बाँकी रहँदा पनि दलहरुले जित हाँसिल गरेको स्थानीय तहको संख्यामा आकाशजमिन फरक नपर्ने देखिएको छ।

विजय नगरपालिकामा दोहोरिए एमालेका अध्यक्ष र उपाध्यक्ष

कपिलवस्तुको विजयनगर गाँउपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष दोहोरिएका छन्। २०७४ को निर्वाचनमा समेत दुवैले जितेका थिए।

मोरङका १३ पालिकाको परिणाम:कांग्रेस ७ र एमाले ६ स्थानमा निर्वाचित

मोरङको कटहरी, जहदा, धनपालथान, बुढीगंगा, मिक्लाजुङ, ग्रामथान र रतुवामाई नगरपालिकाको प्रमुख/अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। यस्तै लेटाङ, केराबारी, उर्लाबारी, कानेपोखरी, सुनवर्षी र बेलबारीको प्रमुख/अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

एमालेभित्रै अन्तरघात भएको हो त?

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच लामो समयदेखि टकराव छ। बेलाबेला उनीहरुबीच अस्वस्थ प्रतिष्पर्धा चल्ने गर्छ। त्यो प्रतिष्पर्धा अहिले पनि उत्तिकै छ।

ठूला नेता कोही वडामै कोही पालिकामा पराजित

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

काठमाडौं महानगरमा ५ वटा वडामा एमालेले जित्यो, यी वडामा स्थापितले पाए आधा मत

काठमाडौं महानगरपालिकामा मतगणना सकिएको पाँच वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन्।

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले र काँग्रेस गठबन्धन विजयी

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले/कांग्रेस गठबन्धनले जितेको छ। अध्यक्षमा एमालेका कर्णबहादुर वाठा मगरले ५ हजार ८५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका रेशम पुनले ४ हजार ४ सय ६३ मत ल्याए।

एमाले विभाजनको असरः भत्किए ‘लालकिल्ला’

एमाले विभाजनपछि भएको स्थानीय तह निर्वाचनबाट वर्षौंदेखि एमालेका गढ क्षेत्र भत्किएका छन्। थोरैथोरै मतले कांग्रेसले निर्वाचनमा जित हात पारेको छ। कांग्रेसले एमालेका गढ भत्काएर जित हात पारेको हो।

अन्ततः नौ महिनादेखिको एमालेको संसद अवरोध हट्यो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब नौ महिनाअघि संसदमा सुरु गरेको आन्दोलन फिर्ता लिने निर्णय गरेको छ।

कांग्रेसले भत्कायो एमालेको गड

दैलेखमा यसपटकको निर्वाचनमा मत परिणाम २०७४ सालको स्थानीय तह निर्वाचन भन्दा ठिक उल्टो आएको छ। एमालेले जितेको पालिकाहरुमा कांग्रेसले बाजी मारेका छन्। जसले गर्दा कांग्रेसका उम्मेदवारले एमालेको गड भत्काउँदै विजयी भएका हुन्।

विजयी घोषणा भएका वडा सदस्य हारेपछि...

आइतबार अपरान्ह साझ ४ बजे एमालेका गुलरिया नेकपा एमालेबाट नगरपालिका ४ का वडा सदस्य खुला सदस्यमा अजमेयर अलि नाउँ निर्वाचित भएको घोषणा भयो।

मेलौलीको मेयरमा माओवादीका चन्द र उपमेयरमा कांग्रेसका विष्ट विजयी

बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्