७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले र काँग्रेस गठबन्धन विजयी

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले/कांग्रेस गठबन्धनले जितेको छ। अध्यक्षमा एमालेका कर्णबहादुर वाठा मगरले ५ हजार ८५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका रेशम पुनले ४ हजार ४ सय ६३ मत ल्याए।

उपाध्यक्षमा काँग्रेसका लेखमणि डागीले ४ हजार ५ सय ७६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका भागिसरा बन्दीपुरेले ३ हजार ८ सय ६५ मत ल्याएका छन्। यहाँ एमाले र काँग्रेसले गठबन्धन गरेको थियो। 

प्रकाशित: ४ जेष्ठ २०७९ ०५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App