८ वैशाख २०८१ शनिबार
राजनीति

अन्ततः नौ महिनादेखिको एमालेको संसद अवरोध हट्यो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब नौ महिनाअघि संसदमा सुरु गरेको आन्दोलन फिर्ता लिने निर्णय गरेको छ।

मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको गम्भीर अवस्थालाई मध्यनजर गर्दै संसदमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय भएको बताए।

उनले मुलुकमा गहिरो आर्थिक संकट, तरलता अभाव, पुँजीगत खर्च पर्याप्त खर्च नभएको अवस्था रहेको उल्लेख गरे। सभामुख अग्नि सापकोटाले संसदमा निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै एमालेले गत भदौ ८ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको थियो।

साथै एमालेले सभामुख सापकोटाले पार्टीको सिफारिस अनुसार १४ एमाले सांसदलाई बर्खास्त नगरेको आरोप पनि लगाएको थियो। माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही नगर्ने गत भदौको सापकोटाको निर्णयले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) नामको नयाँ पार्टी बनाउन बाटो खुलेको थियो।

प्रकाशित: ३ जेष्ठ २०७९ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App