१५ वैशाख २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ।

प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी बनेका हुन्। महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेकी हुन्। उनले १६ हजार ५२० मत प्राप्त गरेकी छिन् भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ।

यसैगरी उपप्रमुखमा संग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन्। उनका निकटम प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन्। यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहेकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App