२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरी मुख्यालयमा कार्यरत थप ९ जनामा कोरोना, देशभर २२१ प्रहरी संक्रमित

नेपाल प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना देखिएको छ। यो सँगै ४४ जनामा कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए। आइत, सोम, मंगल र वुधबार गरिएको परीक्षणमा ३५ जनामा कोरोना देखिएको थियो।

प्रहरी प्रवक्तामा कडायत

नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत नियुक्त भएका छन्। यस अघि प्रहरी प्रवक्ता निरजबहादुर शाही रहेका थिए।

कोरोना संक्रमण बढेपछि स्याङजामा पाँचजना भन्दा बढी भेला हुन रोक

स्याङजामा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेसँगै कडाई गरिएको छ । ठूलो संख्यामा प्रहरीमा संक्रमण पुष्टि भएपछि त्रास छाएको स्वास्थ्यकर्मीले बताएका छन् ।

भाडाका घरमा प्रहरी चौकी : द्वन्द्व सकियो, पुर्ननिर्माण भएन

माओवादी सशस्त्र द्वन्द्वको उद्गम भुमि रोल्पामा युद्धताका ध्वस्त पारिएका प्रहरी चौकी पुर्ननिर्माण नहुँदा प्रहरीलाई कार्य सम्पादनमा सकस परिरहेको छ । उतिबेला जिल्लामा २३ प्रहरी चौकी ध्वस्त बनाईएकोमा अहिले सम्म चार वटा मात्रै पुर्ननिर्माण गरिएको छ भने २ वटा निर्माणको अन्तिम चरणमा छन् ।

प्रहरी मुख्यालयमा कार्यरत थप २३ जनामा कोरोना

प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप २३ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ। सोमबार ४ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा २३ जनामा कोरोना देखिएको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले बताए। संक्रमित हुनेहरुमा सवारी शाखाका धेरै छन्।

प्रहरीमा संक्रमण बढ्दै

आइतबार मात्रै २३ प्रहरी संक्रमित भएका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना र प्रदेश १ प्रहरी कार्यालयका १९ जना संक्रमित भएका हुन्। योसँगै संक्रमित हुने प्रहरीको संख्या १ सय १९ पुगेको छ। संक्रमितमध्ये ९५ जना निको भइसकेको र १९ जना आइसोलेसनमा छन्।

प्रहरी मुख्यालयमा कार्यरत ४ जनामा कोरोना, सवारी शाखा सिल

नेपाल प्रहरीको मुख्यालयमा नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना देखिएको छ। मुख्यालयको सवारी शाखामा कार्यरत ४ प्रहरीमा कोरोना देखिएपछि उक्त शाखालाई सिल गरिएको छ। शाखालाई तत्कालको लागि अर्को स्थानामा सारिएको छ। संक्रमण हुनेमा हवल्दार र जवान रहेको प्रहरी स्रोतले जनायो।

१८ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण

पूर्वी नाका काकडभिट्टामा सुरक्षार्थ खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।

सवारीसाधन गुडेपछि बढ्यो चहलपहल

सरकारले लकडाउन अन्त्य गरेपछि बुधबारदेखि उपत्यकालगायत देशभर नै चहलपहल बढेको छ। कोरोना भाइरस नियन्त्रणका लागिसरकारले करिब ४ महिनापछि लकडाउन खुलाएपछि यातायात, व्यवसायिक क्षेत्र, सरकारी कार्यालयलगायतमा चहलपहल बढेको हो।

चीनसँगको अन्तरदेशीय लाइन : यो आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन सकिने

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

कोरोना पोजेटिभ देखिएपछि प्रदेश प्रहरी कार्यालय सिल

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालय मंगलबार रातिदेखि सिल गरिएको छ। त्यस कार्यालयका एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय शिल गरिएको छ। संक्रमित प्रहरी विराटनगरको स्थानीय हुन भने पद खुलाइएको छैन। उनलाई ४/५ दिन अघि रुघा र ज्वरो आएपछि होम क्वारेन्टिनमा बस्दै आएको प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले बताए।

प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।

प्रहरीचौकीको पर्खाल भत्कियो

पञ्चपुरी नगरपालिका–७, डाँडाखाप्रेस्थित प्रहरीचौकीमा चट्याङ लागेर क्षति पुगेको छ । सोमबार दिउँसो अविरल वर्षासँगै आएको चट्याङले प्रहरीचौकीको पर्खाल भत्किएको छ ।

प्रदेश प्रहरी अस्पताल भवन उद्घाटन

अस्पतालको भौतिक पूर्वाधार बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट उपकरण खरीद गर्ने लक्ष्य लिएको छ ।

बोलपत्र च्यातेको आरोपमा चार जना वडाध्यक्षहरु प्रहरी नियन्त्रणमा

कोहल्वी नगरपालिकाले कार्यपालिका र नगरसभाको निर्णयबिना नै आइतबार बाटो मर्मत सम्भार शुल्कको बोलपत्र खोल्न लागेको भन्दै असंतुष्ट बनेका वडाध्यक्षहरुले त्यसलाई रोक्न खोज्दा बिबाद भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्