१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

१८ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण

पूर्वी नाका काकडभिट्टामा सुरक्षार्थ खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरी बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षणका लागि नमूना पठाइएको थियो । पूर्वी नाकाको सुरक्षार्थ खटिएका शसस्त्र प्रहरीमा एकै पटक यति धेरै संख्यामा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काँकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने आशंका स्थानीयले गरेका छन् । तत्काल काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङ मार्फत संक्रमणको जोखिममा परेकाहरुको खोजी गरी स्वाब संकलन गर्नु पर्ने काँकरभिट्टाका स्थानीयले माग गरेका छन् ।

यसअघि पनि दुई जना शसस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएकाहरुहरु मध्ये एक महिला सशस्त्र प्रहरी रहेकी छिन् । उनीहरुमध्ये महिलालाई विराटनगर कोसी अस्पताल लगिएको छ भने बाँकीलाई गोठगाउँस्थित कोरोना अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिए ।

योसंगै झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । २९९ जनामा कोरोना जितेर फर्किएका छन् ।

प्रकाशित: ९ श्रावण २०७७ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App