२० आश्विन २०८१ आइतबार
image/svg+xml

युवा, राजनीति र रोजगारी

‘पोलिटिक्स इज् डर्टी गेम।’ लामो समयदेखि युवाहरूको मुखबाट सुनिँदै आएको हो तर यतिबेला भने धारणा फेरिएको छ।

त्रिवि विकृतिको डम्पिङसाइट

नेपालको जेठो त्रिभुवन विश्वविद्यालय अहिले समस्यै समस्याको थुप्रोमा जकडिएर रहेको छ। विगतमा नेपालको उच्च शिक्षाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको यो विश्वविद्यालय नेपालका राजनीतिक परिवर्तनको आधारभूमि समेत हो।

गणतन्त्र नाममा आरोप–प्रत्यारोप

हिजोआज कतिपय नेता बोली वचनद्वारा पूर्वराजा ज्ञानेन्द्रका नाममा आफ्नै कर्मले सातो गएको जस्तो दयनीय मानसिकता प्रकट गरिरहेका छन्।

भौतिक पूर्वाधार मन्त्रालयमा चरम बेथितिः कनिष्ठलाई जिम्मेवारी दिने क्रम जारी

दुई साताअघि प्राविधिक सहसचिव (सुई) को दरबन्दी रहेका सडक आयोजनामा कनिष्ठलाई कामु बनाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः डिभिजनल इन्जिनियर (डिई) को दरबन्दी रहेको स्थानमा कामुको जिम्मेवारी दिन थालेको छ।

बेथितिले बढाएको निराशा

बिनालगानी मनग्गे आम्दानी हुने भएकैले आजकाल राजनीति गर्ने पेसामा निकै ठूलो आकर्षण र आशक्ति बढेको छ ।

‘बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ’

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई प्रभावकारी बनाएको विभागको दाबी छ।

स्थानीय तहको बेथिति: निर्माण सम्पन्न नहुँदै भत्कियो कालोपत्रे

निर्मित सो सडक भएर दैनिक सयौंको संख्यामा टिपर, ट्रक तथा ट्याक्टर गुड्छन्। सोही सडकको आसपासमा साना, ठुला उद्योग सञ्चालित छन्। सडकमा दैनिक गुड्ने मालवाहक सवारीको क्षमता अनुसार कालोपत्रे नगरेर कमिसनको चक्करमा कमसल काम गरिँदा सडकको अवस्था नाजुक बनेको कांग्रेस नेता छब्बन खाँले ठोकुवा गरे।

विपद्को बेथिति

विपद्मा परेका सर्वसाधारणलाई केही थान लत्ताकपडा र खाद्यान्न वितरण गर्दैमा सरकार आफ्नो भूमिका पूरा गरेको ठानिरहेको छ। आमनागरिकको अभिभावक भनिने सरकारले त्यसअनुसारको भूमिका निर्वाह गर्न सकेको छैन। यही कारण बर्सेनि सयौँ जनाले अनाहकमा ज्यान गुमाउनुपरेको छ।

स्थानीय सरकारको बेथिति

जनताको घर/आँगनकै सरकारका रूपमा परिचित स्थानीय सरकारले सर्वसाधारणको सुख दु:खमा साथ दिनुपर्ने हो । तर उल्टै कतिपय स्थानमा स्थानीय सरकारका काम कारबाही र गतिविधिका कारण स्थानीय सर्वसाधारण उल्टै आहत भएका छन् । स्थानीय सरकार र ठेकेदारबीचको मिलेमतो विभिन्न स्थानीय तहमा देखिएकै हो ।

नक्कली चिकित्सकले जाँच्दा बिरामी मारमा, प्रशासन मौन

चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ ।

प्रदेश सभा सचिवालयमै बेथितिको चाङ, गाडी मर्मतमा सकियो आधा करोड

प्रदेश ५ प्रदेश सभा सचिवालयमै बेथितिको चाङ लागेको छ। सभामुख, उपसभामुख, सांसद र कर्मचारीका गाडी मर्मतमा अस्वाभाविक रूपमा खर्च गरिएको छ। कानुनविपरीत प्रदेश सभाका सचिव र कर्मचारीले सरकारी सुविधा उपभोग गरेका छन्।

नरोकिएको आर्थिक बेथिति

सरकारले पटक–पटक भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको उद्घोष गरे पनि व्यवहार भने ठीक उल्टो देखिएको छ। निजामती वा अन्य सरकारी कर्मचारीसहित सरकारसँग जोडिएकाहरूबाट राज्य ढुुकुटी दोहन गर्न नरोकिएको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले औल्याएको छ।

भुइँमान्छेको बयान

एकै रातो रङको रगत उही गिलो मासुउही साह्रो हड्डीएकै प्राणले भरिएको सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।पहुँच र हैसियत तौलिन्छर व्यवहार गर्छ हाम्रो समाजछाला र क्षेत्र हेरेरन्याय र निर्णय दिन्छ सरकारअनि सहानुभूतिका भावनात

रौतहटमा दश लाख रुपैयाँ बरामद

दुवै जनाले फालेर भागेको झोलालाई प्रहरीले चेक गर्दा दश लाख दश हजार रुपैया नेपाली रहेको पाइएको छ । फरार दुवै जनाले छाडेको ना ५४ प २११६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

लकडाउनको बहानामा साढे छ करोड राजश्व नतिर्ने चलखेल

जितपुरसिमरा उपमहानगरपालिकाको खातामा जम्मा हुनु पर्ने नदीजन्य पदार्थको ठेक्काबाट प्राप्त करोडौ राजश्व रकम ठेकेदारहरुले नतिरेको खुल्न आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्