१९ असार २०८१ बुधबार
image/svg+xml
अन्य

भुइँमान्छेको बयान

सञ्जयकुमार राई

कविता 

 एकै  रातो रङको रगत  

उही गिलो मासु

उही साह्रो हड्डी

 एकै प्राणले भरिएको  

सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।

पहुँच र हैसियत तौलिन्छ

र व्यवहार गर्छ हाम्रो समाज

छाला र क्षेत्र हेरेर

न्याय  र निर्णय दिन्छ सरकार

अनि सहानुभूतिका भावनात्मक  

आभासमा  

किन नजाऊन् त भुइँमान्छेहरू  

पराई धर्म, संस्कृति र भूगोलमा ?

श्रमको आधारमा छुट्याइएको तिम्रो वर्ग

स्वयं परिभाषित गर्छौ उच्च जातिको रूपमा

तिम्रो नश्लको अहंकारले  

अमानवीय  र घृणित हर्कत गर्छौं

मानवीयतामाथि नै ।

सृष्टिलाई चलायमान बनाउने कर्मशील हातहरू

संसार सिँगार्ने सुन्दर कलाहरू  

तिमीले भुइँमान्छे भनेर हेला गर्ने एक नश्ल

तिम्रो नीच हर्कतभन्दा धेरै उच्च छ ।

नश्ल मिलेर पनि वर्ग नमिल्ने

गुमनाम छ न्याय

नश्ल नमिल्ने, वर्ग पनि नमिल्ने

भुइँमान्छेहरूले के पाउलान् र न्याय  ?

दुख देखेर पनि नदेखेझैं गर्ने  

अपराधीहरूलाई नचिनेझैं गर्ने  

जलाइदेऊ घोषणपत्र ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App