६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटमा दश लाख रुपैयाँ बरामद

रौतहट प्रहरीले एकाबिहान दश लाख नेपाली रुपैया बरामद गरेको छ । रौतहटको ईशनाथ नगरपालिका ९ बाट प्रहरीले दश लाख दश हजार नेपाली रुपैया बरामद गरेको हो ।

कोरोना संक्रमणले अत्यधिक चर्चामा रहेको ईशनाथ नगरपालिकामा लकडाउन कडा पारिएको छ । कडा लकडाउनको समयमा बिहानको मौका छोपी एउटा बाइकमा दुई जना गइरहेको अवस्थामा प्रहरीले सोधखोज गर्न रोकेका थिए । प्रहरीले रोक्न खोज्दा दुवै जना भाग्न खोजेपछि प्रहरीले पिछा गरेको हो । भागेकालाई प्रहरीले लखेट्दा मोटरसाइकलमा रहेका दुवै जनाले पैसा र मोटरसाइकल छोडेर भाग्न सफल भएका छन् ।  

घटना ईशनाथ ९ डुमरियास्थित नहरको हो । प्रहरीले मोटरसाइकललाई लखेट्दा कपडाको पहेंलो झोला प्रहरीतिर फालेपछि शंकास्पद वस्तु भन्ने ठानेर प्रहरी अलमलमा परेका थिए । लगत्तै दुवै जनाले मोटरसाइकल छाडेर खेतैखेत दौडेर डुमरिया गाउँतिर भाग्न सफल भएका थिए ।

दुवै जनाले फालेर भागेको झोलालाई प्रहरीले चेक गर्दा दश लाख दश हजार रुपैया नेपाली रहेको पाइएको छ । फरार दुवै जनाले छाडेको ना ५४ प २११६ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

फरार दुवै जनाको खोजी डुमरिया गाउँमा भइरहेको छ ।  साथै पैसाको स्रोतको विषयमा पनि प्रहरीले अनुसन्धान थालेको छ । घटनासँग सम्बन्धित सबै पक्षले रौतहट प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App