१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आठ महिनामा एक हजार आठ सय ४७ मोटरसाइकल चोरी

चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ।

४० करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई जिल्ला अदालत काठमाडौँले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबार

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ ।

कपडा व्यापारी अग्रवाल अवैध कारोबारका एजेन्ट !

हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट रहेको पाइएको छ।

सामान चोरी भएपछि रोकियो तरङ्ग खोलाको पुल निर्माण

गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो।

विश्वविद्यालयको निवेदनमा एआई चोरी बढ्यो

अमेरिकी तथा बेलायती विश्वविद्यालयमा भर्ना हुनका लागि एउटा निबन्ध लेख्नुपर्छ। राम्रो निबन्धले भर्ना हुने सम्भावना ह्वात्तै बढाउँछ।

केके छन् पूर्वीपहाडका सुरक्षा अधिकारीका सुरक्षा एजेन्डा ?

पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ।

बागलुङमा एकै रात ६ घरमा चोरी

बागलुङमा एकै रात ६ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका-५ खौलार बजारमा ६ घरमा सुनसहित पाँच लाख रुपैयाँबराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्रनजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित छन्।

विराटनगरको एक सुन पसलमा चोरी

विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ।दिनेशकुमार साहको घरमा रहेको चन्द्रमा ज्वेलर्समा चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्