१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ठूलो परिमाणमा कुखुराका चल्ला बरामद

अवैध रुपमा भारतबाट भित्र्याइएका ठूलो परिमाणमा प्रहरीले ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ।

नेपालगन्ज– २० राँझा, नेपालगन्ज– १८ कारकाँदो र डुडुवा– ६ हिरमिनियाबाट प्रहरीले पाँच हजार नौ सय वटा कुखुराका चल्ला बरामद गरेको हो।

भारतबाट अवैधरुपमा भन्सार छली चोरीनिकासी पैठारी गरी ब्रोइलर कुखुराको बच्चा ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ।

पाँच लाख ९० हजार रुपैयाँ बराबरका ५९ पेटीमा रहेका पाँच हजार नौ सयवटा कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार ढुवानीमा संलग्न अटो र केही व्यक्तिलाई पक्राउ गरिएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने सार्वजनिक गरेको छैन। आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको छ।

साथै कारकाँदोबाट अवैधरुपमा भारतबाट ल्याएको आठ केजी माछा पनि बरामद गरिएको छ।

प्रकाशित: ४ चैत्र २०८० १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App