२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

केके छन् पूर्वीपहाडका सुरक्षा अधिकारीका सुरक्षा एजेन्डा ?

पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठक सकिएको छ। बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।

संखुवासभाको गुफापोखरीमा आयोजित ताप्लेजुङ, संखुवासभा, धनकुटा र तेह्रथुमका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक यस्तो निष्कर्षमा पुगेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिइन्।

अन्तरदेशीय सीमा नाकाबाट हुने चोरीनिकासी तथा पैठारीविरुद्ध सीमा क्षेत्रका जिल्लाका सुरक्षा अधिकारीबीच संयुक्त सहकार्य गर्ने ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार बैठकमार्फत शान्तिसुरक्षा सुदृढीकरण र अपराध नियन्त्रणमा समेत सबै जिल्लाका सुरक्षा अधिकारीबीच सहकार्य गर्ने निर्णय भएको छ।

हाल भइरहेको पहिचानको आन्दोलन, लागुऔषध ओसारपसार तथा चोरीनिकासी र पैठारी, सडकसहितका पूर्वाधार निर्माणमा अन्तरजिल्ला समन्वय, सीमा क्षेत्रमा हुने आपराधिक तथा गैरकानुनी गतिविधिसहितका विषयमा समेत छलफल भएको एक सुरक्षा अधिकारीले जानकारी दिए।

साथै विपद् व्यवस्थापन, अपराध नियन्त्रण, सुशासन र विकास निर्माणमा चार जिल्लामा भएका असल अभ्यास र चुनौतीका बारेमा समेत समीक्षा भएको ती सुरक्षा अधिकारीले जानकारी दिए।

प्रकाशित: २२ पुस २०८० ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App