तल्लो बाटोको त्रासदी
सुखी र समृद्ध जीवन, सम्मानजनक अस्तित्व अनि सुनिश्चित र सुरक्षित भविष्यको सपना देख्ने मान्छेहरूको सपनाको देश बनेको छ अमेरिका।

सुखी र समृद्ध जीवन, सम्मानजनक अस्तित्व अनि सुनिश्चित र सुरक्षित भविष्यको सपना देख्ने मान्छेहरूको सपनाको देश बनेको छ अमेरिका।
अनियमितता र भ्रष्टाचारले प्रश्रय पाएको छ। नागरिक जीवनमा भने दुःख र अभावको पीडा थपिएको छ। यही दुःख, पीडा, अभाव र अव्यवस्थापन भोगिरहेको युवापुस्तामा दिन/प्रतिदिन निराशा बढ्दो छ। यही निराशाले डोर्याइएका युवा केही आशा र सुनिश्चित भविष्यको खोजीमा भौतारिएका छन्।
गाउँगाउँसम्म सडक सञ्जाल जोडिएपछि गाउँको आर्थिक तथा सामाजिक विकासको ढोका खुल्छ भन्ने मान्यताको विकास भएको छ। अनि गाउँगाउँसम्म सडक सञ्जाल पुर्याउने प्रयास पनि जोडतोडका साथ भइरहेको छ।
राष्ट्रिय योजनादेखि जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता नीति तथा कार्यक्रम र बजेटबारे जान्ने उत्सुकता हरेक नागरिकमा हुन्छ।
अब परीक्षा सकिएलगत्तै देशका निजीलगायत सरकारी कलेजहरूमा पनि स्नातक तहका विभिन्न संकायमा भर्ना प्रक्रिया सुरु हुनेछ।
राजनीतिक दलका शीर्षनेताहरूले नै लोकतन्त्रको नाम जप्दै न्यायालयलाई नै प्रभावित पारेर आफ्नो राजनीतिक र निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति बढेकाले एकातिर मुलुकमा भ्रष्टाचारले प्रश्रय पाएको छ भने न्यायालय बदनाम भएको छ।
नयाँ कार र मोटरसाइकल आयात र बिक्री–वितरणमा किन रोक लगाउन सकिएन ? जनताका मनमा यी प्रश्न उठिरहेका छन्।
समयको छाल बहुतै शक्तिशाली हुन्छ। यसलाई कसैले रोक्न सक्दैन, छेक्न सक्दैन। न त यसको बाटो नै कसैले बदल्न सक्छ। बरु समयको छालले नै बदलिदिन्छ सबैथोक। त्यसैले समयसँगै हिँड्नुपर्छ मान्छे। समयको छालसँगै बग्नुपर्छ मान्छे।
देशको अर्थतन्त्र नै रेमिटान्सले धानेको छ। त्यसैले रेमिटान्स आउँदा सरकार खुसी हुन्छ। तर त्यही रेमिटान्स पठाउने नेपाली कामदारको लाश आउँदाचाहिँ सरकार दुःखी हुँदैन। अझ नेपाली कामदारले विदेशमा भोगेको दुःख र पीडामा त सरकारको ध्यान–दृष्टि पुगेकै छैन। किन ? प्रश्न गम्भीर छ।
आर्थिक वर्ष २०७८-७९ मा रु. ६५ करोड ७१ लाख ५८ हजार ठगी भएको दाबी गर्दै वैदेशिक रोजगार विभागमा ७ सय ४२ वटा उजुरी परेका छन्।
सर्वसाधारणले सय रुपियाँको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने तर करोडौँ र अर्बौँको सामान ल्याउने ठूला व्यापारीले कर छल्ने भएपछि कसरी लक्ष्यअनुसारको राजस्व असुली हुन्छ?
आज नेपालीले गरेको हवाई व्यवसाय सफल र सम्मानित छ। कैयौंले रोजगारी पाएका छन्। बुद्ध एयरले जहाजको मात्र काम गरेको छैन, कृषि कार्यमा समेत अद्वितीय काम गरेको छ भने यती एयरका मालिक पर्यटन व्यवसायमा पनि सफल बनेका छन्। यस्ता उद्यमशील व्यक्तिबाट नै राष्ट्र समुन्नत बन्छ।
आखिर किन मानिस पैसाका पछाडि यसरी मरेर लागेका छन्? कति चाहिन्छ मानिसलाई पैसा वा धनसम्पत्ति? विश्वविख्यात लेखक लियो टोल्स्टोयले आफ्नो कथा ‘हाउ मच ल्यान्ड डज अ म्यान निड?’ मा मानिसले मरेपछि पाउने भनेको त्यही ६ फुट जमिन हो भन्दै धनसम्पत्तिको मोह बेकार हो भन्ने सत्यलाई प्रस्ट पारेका छन्।
विगतमा उच्च र थप उच्च शिक्षाका लागि मात्रै विदेश जाने चलन थियो। अहिले भने विद्यालय शिक्षा पार गर्नासाथ विदेश जाने प्रवृत्ति बढेकाले शिक्षा क्षेत्रमा चासो र सरोकार राख्नेहरूलाई सोचमग्न बनाएको छ।
भौतिक विकासले सम्पन्न सहरमा प्राकृतिक सुन्दरताको भने असाध्यै कमी छ। कामै कामबाट थाकेर यसो शरीरलाई आराम, आँखालाई शीतलता र मनलाई आनन्द दिने खुला, मनोरम र शान्त ठाउँको अभाव बढ्दै गएको छ सहरमा।
