१६ आश्विन २०७९ आइतबार
Ratna Prajapati
रत्न प्रजापति
रत्न प्रजापति

रत्न प्रजापतिका लेखहरु :

नेता बदलिएनन्, जनता बदलिऔँ

राजनीतिको नेतृत्व अथवा पदमा रहँदा प्राप्त हुने शक्ति र त्यसकै आधारमा प्राप्त हुने शान, मान र ऐश्वर्यले गर्दा नेतृत्वमा रहने नेताहरूले शक्तिमा रहने लालसालाई त्याग्न चाहेनन् र आफू र आफ्नो सोच बदल्न पनि चाहेनन्।

मिश्रित स्वादका मिठा कथा

कथाकार जोशीको कथा लेख्ने शैली भिन्न छ। चलनचल्तीका कथाभन्दा भिन्न छन् उनका कथा। उनका कथामा समाज छ। संस्कृति छ। जीवनदर्शन छ। तर राजनीति अत्यन्तै कम छ। अझ छँदै छैन भन्दा पनि हुन्छ। धेरैजसो कथाको पृष्ठभूमि काठमाडौं उपत्यका नै रहेको छ। मिथकहरूको माध्यमबाट काठमाडौं उपत्यकाको सभ्यता, जीवन र जीवनशैलीको वर्णन गर्ने जोशीको शैली रोचक छ।

सडक, सपना र संवेदना

अवसरको खोजीमा गाउँबाट सहरमा आइ गरिखान खोज्नेहरू आउने क्रम नरोकिएकाले सडकपेटीको व्यापार पूर्णतः नियन्त्रित हुन सकेको छैन। सडकपेटीमा बसेर केही गरिखान खोज्नेप्रति सर्वसाधारणको सहानुभूति र संवेदना पनि छ

सूर्यबहादुर

यो न कविताको अंश हो, न हो गीतको अन्तरा। यो हो हाम्रो शासकको नारा, अर्थात् हाम्रो सरकारको नारा। नारा हो, तैपनि सुन्नेलाई कर्णप्रिय लाग्छ।

चिन्ता होइन, चिन्तनको खाँचो

मानिस सधैँ सुरक्षित भविष्यको खोजीमा हुन्छ। आर्थिक उपार्जन गर्न र आर्थिक दृष्टिकोणले भविष्य सुरक्षित बनाउन मानिसले अनेक प्रयत्न गरेको हुन्छ। पढ्नु, लेख्नु, सिक्नु र काम गर्नु भविष्य सुरक्षित बनाउनकै लागि हो। ‘पढे सुख पाउलास्, नपढे दुःख पाउलास्’ भनेर हरेक अभिभावकले आफ्ना सन्तानलाई सचेत गराइरहनुका पछाडि यही सुरक्षित भविष्यको चिन्ता निहित छ।

बन्चरेडाँडाबासीको बिलौना

घरबाट उत्सर्जित फोहोर गाड्नलाई खाल्डो खन्ने एक टुक्रा खाली जग्गा पनि नछोडी सिनित्तै ढलान गरेर घरलाई सफा राख्न खोज्छौँ हामी।

जिम्मेवारीबोधको गाम्भीर्यता अपेक्षित

हामीले माने पनि नमाने पनि पछिल्लो समय जनताको मन र विश्वास जितेर भन्दा पैसाले भोट किनेर चुनाव जित्ने प्रवृत्ति बढेको छ। यो कटु सत्य नै हो।

संकटापन्न अर्थतन्त्रका भरोसाका क्षेत्र

जसको दुःखको कमाइले देशको अर्थतन्त्रको सुरक्षा गरिरहेको छ, तिनैको जीवनको सुरक्षा र सुविधामा राज्य गम्भीर बन्न नसक्नु विडम्बना नै भएको छ।

भ्यु टावरबाट नदेखिने दृश्य

अनावश्यक र अनुत्पादक भौतिक संरचनामा अर्बौं खर्चेर शासकहरूले आफ्ना आसेपासे र अरौटेभरौटेहरूलाई भ्रष्टाचार गर्ने र राज्यकोषमा रजाइँ गर्ने सुनौलो अवसरमात्र दिएका हुन्।

कखराः शिक्षा सुधारको चिन्तन

वर्तमान शिक्षा नीति र शिक्षण पद्धतिका कमीकमजोरीसँग पनि उनी उत्तिकै परिचित छन्। वर्तमान शिक्षा नीति र शिक्षण पद्धतिले समयको आवश्यकता र विद्यार्थीको रुचिलाई सम्बोधन गर्न नसकेको प्रति उनको गुनासो छ। वर्तमान शिक्षा नीतिले सीपयुक्त दक्ष जनशक्ति भन्दा ठूलो संख्यामा ज्ञानयुक्त बेरोजगार मात्रै उत्पादन गर्न सघाइरहेको र अहिलेको शिक्षण पद्धति पनि सिकाइमा भन्दा पढाइ (घोकाइ) मा बढी केन्द्रित भएकाले विद्यार्थीमा पढ्ने अनि सिक्ने उत्साह र उत्प्रेरणा जगाउन नसकेकोप्रति उनी सजग छन्, सचेत छन्।

व्यापार घाटाको पिरलो

बढ्दो क्रयशक्ति र फेरिएको जीवनशैलीले उपभोग संस्कृतिलाई थप बढाएको छ र वस्तु आयातलाई थप दबाब दिएको छ। वस्तुको आयात बढ्नुको मुख्य कारण पनि यही नै हो।

लोकतन्त्रको आवरणमा लुटतन्त्र

विश्वव्यापी जिम्मेवार संस्थाको हैसियतले जिम्मेवार भूमिका निर्वाह गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार व्याप्त देशहरूलाई भ्रष्टाचार समृद्धिको बाधक हो, त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल भन्ने सन्देश दिन यस्तो सूचकांक निकालेको हो।

सधैँ सकसमा कृषि र किसान

अरू सबैलाई खुवाउने किसान आफैँ भोकै बस्नुपर्छ। अरूलाई पेटभरि खुवाएर प्रसन्न राख्ने किसान आफैँचाहिँ कहिले मल–बिउ नपाएर रुनुपर्छ। कहिले आफ्नो उत्पादनको भुक्तानी नपाएर रुनुपर्छ।

बाँच्ने आशामा मर्नुपर्ने बाध्यता

संविधानमा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ’ लेखेरमात्रै हुँदैन। त्यो व्यवहारमा पनि लागु हुनुपर्छ।

बेथितिले बढाएको निराशा

बिनालगानी मनग्गे आम्दानी हुने भएकैले आजकाल राजनीति गर्ने पेसामा निकै ठूलो आकर्षण र आशक्ति बढेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्