१२ मंसिर २०८१ बुधबार
image/svg+xml

एक सातामा दुईपटक सरुवा

सरकारले एक जना सहसचिवलाई एक सातामा दुईपटक सरुवा गरेको छ। अघिल्लो साता सहरी विकास मन्त्रालयमा कार्यरत सहसचिव चक्रवर्ती कण्ठलाई एक हप्तामै दुईवटा कार्यालयमा सरुवा गरिएको हो।

एक जना सचिवको भरमा ६ वटा वडा

जुम्लाको सिजा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीले ६ वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नु परिरहेको छ। जुम्लाको सिंजा गाउँपालिका– ६ वडामा विभाजित छ।

नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दैछ । आइतबार अपराह्न ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको बैठकमा संसद् विघटनविरूद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

‘अदालतको फैसला नआई सवारीसाधन फिर्ता माग्दैनौं’

प्रतिनिधिसभा विघटनपछि संघीय संसद् सचिवालयमा यतिबेला सुनसान हुन पुगेको छ। संसद् सचिवालयले कोरोना भाइरसको जोखिमबाट बच्ने उपायसहित संसद् अधिवेशनका लागि आवश्यक तयारी गरेको थियो।

दिनभर दौडधुप, ओलीका तीन तुरुप

ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गसिसकेका छन्। ओलीले दाहाललाई कात्तिक २८ मा सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए तर दाहालले अब सकिन्न, त्यो फिर्ता हुँदैन भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेस गर्न आग्रह गरेको स्रोतको दाबी छ।

नेपाल र भारत ऊर्जा सचिवस्तरीय बैंठक: सहमति तथा सम्झौता कार्यान्वयन अघि बढ्ने

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यदलको भर्चुअल बैठकले नेपाल र भारतबीच यसअघि ऊर्जा क्षेत्रमा भएका सहमति/सम्झौता कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ।

पारवहन सन्धि पुनरावलोकन गर्ने सहमति

लामो समयदेखि छलफलमा रहेको पारवहन सन्धि पुनरावलोकन गर्न आइतबार सम्पन्न बैठकमा भारतीय पक्ष सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

ओलीलाई अर्को धक्का

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो।

नेकपा सचिवालय बैठक बस्ने समय सारियाे

प्रधानमन्त्रीसहित नेताहरुको कार्यव्यस्तताका कारण नेकपा सचिवालयको अपरान्ह १ बजे निर्धारित बैठक निर्धारित समयमा नहुने भएको छ।

नेकपा सचिवालय बैठक सकियो, भोलि फेरि बस्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि भोलि (बुधबार) बस्ने गरी सम्पन्न भएको छ।

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, ओली-प्रचण्ड आमनेसामने

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असुरक्षा कारण देखाउँदै त्यहाँ जान नमानेपछि सरकारी निवास बालुवाटारमै बैठक राखिएको हो।

कृषि सचिव कार्कीद्वारा पदभार ग्रहण

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले सोमबार पदभार ग्रहण गरेका छन्।

यी आरोप मात्र होइनन्

ओली र दाहालले एकअर्काका विषयमा उठाएका प्रश्न पार्टी कमिटीमा मात्रै सीमित हुनुहुँदैन, संसदीय समितिदेखि राज्यका निकायहरूले त्यसको गम्भीर छानबिन गर्नुपर्छ। र, दोषी जो भए पनि कानुनी कारबाहीको भागीदार हुने वातावरण निर्माण गर्नैपर्छ। यसका साथै ओली र दाहालले एकले अर्काविरुद्ध उठाएका प्रश्नको तथ्यगत प्रमाण जुटाउने दायित्व उनीहरूको पनि हो भन्ने तथ्य हेक्का राख्नैपर्छ।

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १६ गते

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ।

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा चलिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्दैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्