२७ श्रावण २०७९ शुक्रबार
राजनीति

नेकपा सचिवालय बैठक बस्ने समय सारियाे

फाइल तस्बिर।

प्रधानमन्त्रीसहित नेताहरुको कार्यव्यस्तताका कारण नेकपा सचिवालयको अपरान्ह १ बजे निर्धारित बैठक निर्धारित समयमा नहुने भएको छ।

बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हिजो बसेको बैठकमा दुवै अध्यक्षका प्रस्तावमा छलफल भएको थियो। हिजोको उक्त बैठकले आज दिउसो १ बजे  बालुवाटारमै बैठक बस्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री सहित नेताहरुको कार्यव्यस्तता कारण केही समय ढिला भएपनि आजै बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव र मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको जवाफी प्रस्तावमा नेताहरूले धारणा राखेका थिए।

हिजोको बैठकमा दुवै प्रस्तावमा औपचारिक छलफल गर्दै अनौपचारिक संवादलाई निरन्तरता दिने निष्कर्ष निकालेको नेताहरूले बताएका छन्।

प्रकाशित: १७ मंसिर २०७७ १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App