१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

पर्थ टेस्टमा बुमराहको पाँच विकेट, भारतलाई ४६ रनको अग्रता

भारतले शनिबार पर्थको ओप्टस स्टेडियममा अस्ट्रेलियालाई १०४ रनमा समेटेर पाँच खेलको टेस्ट शृंखलाको पहिलो खेलमा महत्वपूर्ण अग्रता बनाएको छ। 

भारतले पहिलो इनिङ्समा ४६ रनको अग्रता लिएको हो। यसअघि अस्ट्रेलियाविरुद्ध ब्याटिङमा उत्रेको भारत १५० रनमा अलआउट भएको थियो। 

कमजोर लक्ष्य पाएको अस्ट्रेलिया फाइदा उठाउने सोचमा थियो। तर भारतीय कप्तान जसप्रित बुमराहको शानदार बलिङले खेलको दिशा परिवर्तन गर्यो। बुमराह एक्लैले ५ विकेट लिएका हुन्। 

प्रकाशित: ८ मंसिर २०८१ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App