८ वैशाख २०८१ शनिबार
समाज

कृषि सचिव कार्कीद्वारा पदभार ग्रहण

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले सोमबार पदभार ग्रहण गरेका छन्। मन्त्रालयका वरिष्ठत सह–सचिव कार्कीलाई अघिल्लो हप्ता बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको थियो। कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेका कार्की नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष पनि हुन्।

मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा सचिव कार्कीले किसानलाई रासायनिक मल अभाब हुन नदिने प्रतिबद्धता व्यक्त गरे। मल कारखाना सञ्चालन गर्ने निर्णय गरे पनि अझ पाँच वर्ष लाग्ने भन्दै मल आयातको स्थायी समाधान खोज्ने बताए। ‘जिटुजी वा अरु कुनै प्रक्रियाबाट समयमा नै रासायनिक मल ल्याउने व्यवस्था गर्छौं,’ कार्कीले भने, ‘अब मलको अभाब हुन दिँदेनौं।’

कार्कीले कृषिको आयात प्रतिस्थापन गर्न पहल गर्ने बताए। किसानलाई कृषि ऋण, बीमा, सडक पूर्वाधार, सिँचाइको व्यवस्थापन गर्नुपर्ने धारणा राखे। कृषि क्षेत्रको नीतिगत सुधार गर्न पहल गर्ने कार्कीले प्रतिबद्धता जनाए। कार्कीले कर्मचारीलाई समयमा काम गर्न निर्देशन दिए।

प्रकाशित: १५ मंसिर २०७७ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App