८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, ओली-प्रचण्ड आमनेसामने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असुरक्षा कारण देखाउँदै त्यहाँ जान नमानेपछि सरकारी निवास बालुवाटारमै बैठक राखिएको हो।  

नेकपाका एक नेताका अनुसार अहिले बैठक चलिरहेको छ।

आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष ओलीले अघिल्ला सचिवालय बैठकमा पेस गरेका अलग अलग प्रस्ताबारे छलफल हुने स्रोतले जनाएको छ।  

प्रचण्डले ओलीविरुद्ध विभिन्न आरोप लगाउँदैै गत कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनविरुद्ध ओलीले यही मंसिर १३ गते बसेको सचिवालय बैठकमा जवाफी प्रतिवेदन पेस गरेका थिए।  

दुवै प्रतिवेदनमा एकअर्कालाई सक्दो आरोप लगाइएको छ।  

आज दुवै प्रतिवेदनबारे छलफल हुने भएकाले नेकपा विभाजनमा जान सक्ने आशंकासमेत रहेकाले आजको सचिवालय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

 

यो पनि पढ्नुहोस्

‘कि वार कि पार’ को स्थितिमा नेकपा विवाद !

 

प्रकाशित: १६ मंसिर २०७७ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App