एभरेष्टका पौने सात सय ग्यास सिलिन्डर नष्ट
ग्यास उद्योगीहरुले पूराना सिलिन्डर प्रयोग गरेको आरोप खेपिरहेका बेला एभरेष्ट ग्यासले पौन सात सय पूराना सिलिन्डर नष्ट गरेको छ। धेरै पुराना र हाइड्रोलिक टेष्ट फेल भएका मापदण्ड विपरितका ६ सय ७५ थान ग्यास सिलिन्डर नष्ट गरेको एभरेष्ट ग्यासले जनाएको छ।