६ वैशाख २०८१ बिहीबार
राजनीति

नेपाल र भारत ऊर्जा सचिवस्तरीय बैंठक: सहमति तथा सम्झौता कार्यान्वयन अघि बढ्ने

नेपाल र भारतका ऊर्जासचिवस्तरीय संयुक्त कार्यदलको भर्चुअल बैठकले नेपाल र भारतबीच यसअघि ऊर्जा क्षेत्रमा भएका सहमति/सम्झौता कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ। 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारका ऊर्जासचिव सञ्जीवनन्दन सहायबीच संयुक्त कार्यदलको सञ्चालक समितिको आठौं बैंठकले दुवै पक्षबीच भएका यस अघिका सहमति र सम्झौताको प्रगतिको विषयमा समीक्षा गरिएको थियो। दुवै मुलुकका सचिवले यसअघि भएका सहमति तथा सम्झौता अक्षरस पालना गर्दै अघि बढ्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘दुवै मुलुकबीच ऊर्जासँग सम्बन्धित भएका सहमति तथा सम्झौता लागु नभएको विषयमा छलफल भयो,’ स्रोतले भन्यो, ‘दुवै मुलुकले विगतमा भएका सहमति तथा सम्झौताको समिक्षा गर्दै आगामी दिनमा कार्यान्वयन गर्दै जाने सहमति भएको छ।’ 

सो बैंठकमा दुवै पक्षबीच अन्य विषयलगायत नेपाली उर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकीङ्गको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल हुनुका साथै एसजेभिएन लिमिटेडद्वारा प्रर्वद्धित ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूत रूपमा अघि बढाउने सहमति भएको छ।  

बैठकमा भारत सरकारका ऊर्जासचिव सञ्जीवनन्दन सहायका साथमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा तथा विभिन्न मन्त्रालय तथा भारतीय राजदूतावास, एनएचपीसी लिमिटेड, एनटिपिसी लिमिटेडलगायतका भारत सरकारअन्तर्गतको सार्वजनिक निकायका अधिकारीसहितको १७ सदस्यीय टोलीले सहभागिता जनाएका थिए। नेपाली ऊर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल हुनुका साथै एसजेभिएन लिमिटेडद्वारा प्रर्वद्धित ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजना प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूत रूपमा अघि बढाउने सहमति भएको छ। ‘दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर विद्युत् प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ,’ भारतीय दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘४०० केभिए क्षमताको गोरखपुर–बुटवल प्रसारण लाइनको वित्तीय मोडालिटिबारे पनि सहमति भइसकेको छ। 

यो परियोजनाको निर्माण सुरु हुनेछ।’ सो बैंठकले ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको निर्माण प्रगतिको विषयमा पनि समीक्षा भएको थियो। बैंठकमा दुई देशबीच विद्युत्को अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटीलाई छिट्टै अन्तिम रूप दिने सहमति भएको छ। 

प्रकाशित: २७ मंसिर २०७७ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App