१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा सचिवालय बैठक सकियो, भोलि फेरि बस्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि भोलि (बुधबार) बस्ने गरी सम्पन्न भएको छ।  

बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा दुवै अध्यक्षका प्रस्तावमा छलफल सुरुवात भएको  नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  बुधबार फेरि बालुवाटारमै बैठक बस्ने उनले बताए।  

कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव र मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको जवाफी प्रस्तावमा नेताहरूले धारणा राखेका थिए।

दुवै प्रस्तावमा औपचारिक छलफल गर्दै अनौपचारिक संवादलाई निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको नेताहरूले बताएका छन्।

प्रकाशित: १६ मंसिर २०७७ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App