६ आश्विन २०८१ आइतबार
image/svg+xml

चितवनमा ७२ प्रतिशत मत खस्योः अधिकांश पालिकामा मतगणना सुरु

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै मतदान कालिका नगरपालिका र सबैभन्दा कम भरतपुर महानगरमा भएको देखिन्छ। कालिकामा ७८ प्रतिशत मत खसेको छ। ११ वटा वडा रहेको कालिकामा २४ हजार ३ सय ४७ जनाले मतदान गरेका छन्। यहाँ ३१ हजार १ सय ४७ मतदाता थिए।

सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान

शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ६५ प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरिएको छ।

नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो। नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन्।

म्याग्दीमा ६६ प्रतिशत मत खस्यो

म्याग्दीमा स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। शुक्रबार बिहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रहेकोमा जिल्लाभरबाट प्राप्त जानकारीमा करिब ६६ प्रतिशत मत खसेको छ।

प्रदेशसभा सदस्यले मतदान गर्न पाइनन्

स्थानीय तहका लागि मोरङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। बिहान पानी परेका कारण केही स्थानमा ढिला गरी मतदान सुरु भएको थियो।

सभामुख सापकोटाले खसाले पहिलो भोट

सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका उनका प्रेसबिज्ञ श्रीधर न्यौपानेले बताए। ‘गाउँ सरकार चुन्ने चुनावमा उहाँ (सापकोटा) ले उत्साहका साथ मतदान गर्नु भयो,’ उनले भने।

स्थानीयतह निर्वाचन २०७९ः देशभर मतदान सुरु

मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो।

आज स्थानीयतह निर्वाचनः काठमाडौंका सडक बिहानैदेखि सुनसान

मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ।

उम्मेदवारको वैधानिक खर्च २९ अर्ब

देशभरिका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, वडामा १ लाख ४५ हजार ११ जना उम्मेदवारले शुक्रबार हुने स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। आयोगले दिएको खर्चको सीमालाई आधार मान्दा उनीहरूले २८ अर्ब ९८ करोड ७३ लाख ५० हजार रूपैयाँ वैधानिक रूपमा खर्च गर्दै छन्।

स्थानीय निर्वाचनको ७५ वर्ष

काठमाडौंका सहरी क्षेत्रका जनताले आफ्ना प्रतिनिधि आफैं छान्नका लागि मताधिकार प्रयोग गरेको निर्वाचन आयोगद्वारा प्रकाशित ‘नेपालको निर्वाचन इतिहास’ नामक पुस्तकमा उल्लेख छ। सोही पुस्तकका अनुसार काठमाडौंमा मात्र निर्वाचित म्युनिसिपलिटी खडा भयो, जुन निर्वाचन नै नेपालको इतिहासमा पहिलो हो।

निर्वाचनको सम्पूर्ण तयारी पूरा

विहीबार आयोगमा आयोजित नियमित पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए। ‘मतदानका लागि मतदाता नामावलीमा नाम हुन अनिवार्य छ,’ उनले भने, ‘नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ।’

घरदैलोको सरकार छान्दै मतदाताः २१ देखि ९४ वर्षसम्मका प्रतिस्पर्धी

सात प्रदेशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका,२ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका, ६ हजार ७ सय ४३ वडामा नयाँ नेतृत्व चयन हुँदै छ।

चितवन निर्वाचनः उत्साहित छन् नयाँ मतदाता

भोजाडका अमृत परियारले पनि पहिलोपटक मतदान नयाँ किरण माविबाट मतदान गर्दैैछन्। उनलाई आफ्नो टोल विकास भएको हेर्ने ठुलो धोको छ। त्यसैले यस पटकको स्थानीय तह निर्वाचनमा टोलको व्यवहारिक योजना बनाएका उम्मेदवारलाई मत दिने सोच बताएका छन्।

धरानमा शनिबार बिहान ८ बजेदेखि मात्र मतगणता गरिने

धरानमा बिहिबार दिउँसो भएको सर्वदलिय तथा सर्वपक्षीय बैठकले शुक्रबार हुने मतदानको मतगणना भने शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गर्ने निर्णय भएको हो।

मतदानस्थलमा अपाङ्ग, ज्येष्ठनागरिक र गर्भवती महिलालाई प्राथमिकता

म्याग्दीको सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्