२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज स्थानीयतह निर्वाचनः काठमाडौंका सडक बिहानैदेखि सुनसान

आज हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान छन्। निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन्।

काठमाडाैँ उपत्यकामा विहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएकाे छ। मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ। नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जुनसुकै मतदानस्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिएका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यसपाली आपाराधिक समूहको सक्रियता शून्य रहेकाले निर्वाचन सुरक्षा चुनौती कम रहेको तर दल र तिनका प्रतिनिधिबीच हुनसक्ने सम्भावित घटनाप्रति प्रहरी सचेत रहेको बताए।

प्रकाशित: ३० वैशाख २०७९ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App