६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुख सापकोटाले खसाले पहिलो भोट

स्थानीय तह निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्। चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता उनले शुक्रबार बिहान स्थानीय सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।  

सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका उनका प्रेसबिज्ञ श्रीधर न्यौपानेले बताए। ‘गाउँ सरकार चुन्ने चुनावमा उहाँ (सापकोटा) ले उत्साहका साथ मतदान गर्नु भयो,’ उनले भने। मतदान गर्न सापकोटा बिहीबारै गृहनगर आएका थिए । सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखको उम्मेदवार छन्। उनी मााओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।

प्रकाशित: ३० वैशाख २०७९ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App