६ आश्विन २०८१ आइतबार
image/svg+xml

सिन्धुपाल्चोकमा ५ सय ६६ जनप्रतिनिधि

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा ५ सय ६६ सदस्यीय जनप्रतिनिधि निर्वाचित हुँदै छन्। उनीहरुले अधिकार सम्पन्न स्थानीय सरकार चलाउने छन्।

पूर्व प्रधानन्यायाधीश कार्कीसहितको टोलीद्वारा मतदान केन्द्र निरीक्षण

पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ।

आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छः आयुक्त भण्डारी

निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ। गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो।

प्रहरीको कुटाइबाट मतदान अधिकृत र म्यादी प्रहरी घाइते

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन्।

‘कत्ल की रात’ अर्थात् मौन अवधिः नतिजा उल्ट्याउने समय

कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा तोकेरै यति मत खसाल्न लगाउँछु भनेर लिखितरूपमै सकारेका हुन्छन्,। रकम लिएजति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ।

स्थानीय चुनावमा स्मार्ट नेतृत्व

स्थानीय चुनाव नितान्त आफ्नो/छिमेकको विकास सम्बन्धी निकाय चुन्ने नियमित काम भएकाले यसलाई अति राजनीतिको चंगुलबाट निकाल्न ढिला गर्नु हुँदैन। पार्टीको आधिकारिक चुनाव चिह्नबाट लड्ने परम्परा खारेज गर्नुपर्छ।

काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए।

बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन्।

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

मतदान गर्न जानेको लर्काे

स्याङ्जा भिरकोटका शर्मा मात्रै होइनन्,अध्ययन र रोजगारीका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका अधिकांश मतदाता भोट खसाल्ने प्रयोजनका लागि गाउँ फर्किरहेका छन्।

निर्वाचनमा हिंसाजन्य घटना हुन नदिन प्रहरीसमक्ष अनुरोध

आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ।

नौ उम्मेदवारको निधन

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए।

मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ।

नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ।

स्थानीय तह निर्वाचनः कास्कीका ५० मतदान केन्द्र अति संवेदनशील

मतदान स्थल मध्ये पोखरा महानगरपालिकाका सुगम वडाहरुमा रहेका मतदान स्थलहरुलाई सामान्य मतदान स्थलका रुपमा राखिएको छ। सुगम वडाहरुसँग जोडिएका मतदान स्थलहरुलाई संवेदनशील र बाँकी वडामा रहेका मतदान स्थलहरुलाई अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको श्रोतको भनाई छ । यद्वपी सुरक्षा समितिले यसबारे जानकारी दिन नमिल्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्