१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानमा शनिबार बिहान ८ बजेदेखि मात्र मतगणता गरिने

स्थानीय तह निर्वाचनको शुक्रबार हुने मतदानको मतगणता भने धरानमा बैशाख ३१ गते (शनिबार) बिहानदेखि मात्र गरिने भएको छ।  

धरानमा बिहिबार दिउँसो भएको सर्वदलिय तथा सर्वपक्षीय बैठकले शुक्रबार हुने मतदानको मतगणना भने शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गर्ने निर्णय भएको हो। धरानको निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मतदान केन्द्रबाट ल्याइएको मतपेटिकाकाहरू भण्डारण र मतगणनास्थलको सुरक्षा प्रबन्धनसमेत भइसकेको छ। मतको भण्डारण र मतगणनास्थलमा सिसिटिभीकोसमेत व्यवस्थापन गरिएको उनले बताए।

‘शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका भण्डारण र मतगणनास्थलको सुरक्षा सिसिक्यामेरासहित प्रबन्ध गरिएको छ,’नेपालले भने,‘सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणना शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गर्ने सर्वसम्मत निर्णय गरेको छ।’ मतगणना धरान १२ स्थित निर्वाचन अधिकृतको कार्यालय रहेको पब्किल माविको प्राविधिक भवनमा नै हुनेछ। एउटा कोठा मतपेटिका भण्डारणको लागि छुट्याइएको छ भने एउटा कोठमा मतगणना हुनेछ।  

सोही बैठकले मतगणनाको नतिजा २ सय मत गणना गरिसके पछि मात्र सार्वजनिक गर्ने पनि सहमति गरेको छ। यस्तै, मतपत्रमा मतदान गरिएको संकेत सदर वा बदर सम्बन्धमा भने मतगणना निर्देशिकामा व्यवस्था भएकोमा सोही वमोजिम र निर्देशिकामा व्यवस्था भए बाहेकको बिषयहरु आएमा छलफलबाट सहमति गरी अघि बढ्ने निर्णय गरिएको पनि निर्वाचन अधिकृत नेपालले जानकारी दिए।

यसैगरि, मतगणनाको बेला चौरीसम्म आवागमनको लागि गणकहरु, परिचय पत्र लगाएका उम्मेद्वारहरु, प्रतिनिधिहरु र पत्रकारहरुलाई मात्र आवामगन गर्न दिइने निर्णय भएको छ भने अन्य सर्वसाधारणहरुको लागि चौरीबाहिरसम्म सुनिने गरी माइकको व्यवस्था गरिने पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

टेण्ड र त्रिपालसहित मतदानस्थल तयार

प्रतिकुल मौसमलाई मध्यनगर गर्दै मतदान केन्द्रमा टेण्ट र त्रिपालसहित प्रबन्ध गरिएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए। सबै मतदान केन्द्रहरुमा बुथ निर्माण भइसकेको र मतदान अधिकृतहरु तयारी अवस्थामा रहेको उनले बताए। ‘मतदान अधिकृतहरु सबै तयारी अवस्थामा हुनुहुन्छ। बिहान ७ बजेदेखि मतदान शुरु हुन्छ,’नेपालले भने,‘मौषम प्रतिकुलतालाई मध्यनजर गर्दै टेण्ट र त्रिपाल व्यवस्था भएको छ।’

प्रकाशित: २९ वैशाख २०७९ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App