३ असार २०८१ सोमबार
image/svg+xml
समाज

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रुपन्देहीको बुटवल र तिलोत्तमामा भएको छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी घाइते भएका तिलौत्तमाका विवेक डुम्रे र सैनामैनाका गोविन्द अर्यालको उपचारका क्रममा आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

तिलोत्तमा नगरपालिका-६ का २४ वर्षीय विवेक डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाइकल शुक्रबार राती बुटवल–भैरहवा ६ लेन सडकको ड्राइभरटोलमा दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका डुम्रेको उपचारकै क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

गएराती नै बुटवल उपमहानगरपालिका-२ जितगढीमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ।

प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल पल्टिदा चालक सैनामैना नगरपालिका-४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो।

प्रकाशित: १२ जेष्ठ २०८१ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App