१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अफगानिस्तानका गुलबदिन नायब, किन बने चर्चाको पात्र?

आईसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल भोलि हुँदैछ। दक्षिण अफ्रिका र अफगानिस्तानबीच पहिलो सेमिफाइनल हुँदा भारत र इङ्ग्ल्यान्डबीच दोस्रो सेमिफाइनल हुनेछ।

४ जुनबाट सुरु भएको सन् २०२४ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि भिडन्त भने २९ जुनमा हुनेछ।

यसवर्षको विश्वकप क्रिकेटमा निकै रोमाञ्चक र ऐतिहासिक क्षणहरू दर्शकले देख्न पाए भने सेमिफाइनल र फाइनलको पनि दर्शकलाई बेग्र प्रतिक्षा छ। तर, यी सबकाबीच मङ्गलवार भएको सुपर ८ को अन्तिम खेलमा अफगानिस्तानका एकजना खेलाडीको निकै चर्चा भइरहेको छ।

अफगानिस्तानका अलराउन्डर गुलबदिन नायब यतिबेला चर्चाका पात्र बनेका छन्। कारण, मङ्गलवार बङ्गलादेशसँगको खेल भइरहँदा एक यस्तो दृश्य देखियो जसलाई लिएर दर्शक मात्रै होइन क्रिकेट जगतका दिग्गजहरूले पनि गुलबदिनको हाँसो उडाउन थाले।

बङ्गलादेश र अफगानिस्तानबीचको खेल वर्षाका कारण पटकपटक प्रभावित भइरहेको थियो। जसलाई पछि डिएलएसको आधारमा २० बाट १९ ओभरमा र ११५ रनको टार्गेटबाट ११४ रनमा सिमित गरियो। निकै रोमाञ्चक मोडमा पुगेको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ८ रनले हराउँदै पहिलोपटक टी–२० विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो।

तर, खेलको १२ औँ ओभरको क्रममा स्लिपमा फिल्डिङ्गमा खटिएका गुलबदिन एकाएक मैदानमा ढल्छन्। त्यसअघि अफगानिस्तानका कोच जोनाथन ट्रटलाई ईशारामा केही आदेश दिइरहेको देखिएको थियो। जसमा उनले आफ्ना खेलाडीलाई विस्तारै खेल्नलाई ईशारा दिइरहेको बुझिन्छ। तर, उनले के भन्न खोजिरहेका थिए त्यो हालसम्म प्रष्ट छैन। उनको ईशारा लगतै गुलबदिन मैदानमै ढल्छन् र बलिङ्ग गरिरहेका अफगानी कप्तान राशिद खान अचम्ममा पर्छन् भने ब्याटिङ्ग गरिरहेका बङ्गलादेशी ब्याट्सम्यान लिटन दास हास्न थाल्छन्।

गुलबदिनको उक्त व्यवहारलाई क्रिकेट जगतका दिग्गजहरूले नाटक बताइरहेका छन् भने कतिपयले के वास्तवमै गुलबदिनलाई समस्या थियो भनेर प्रश्न पनि गरेका छन्।

मैदानमा ढलेका गुलबदिनलाई नवीन उल हक र अन्य खेलाडीसँग बाहिर निस्किँदै गरेको देखियो भने त्यतिकैमा पानी पर्न थाल्यो। त्यसपछि खेल पुनः सुचारु हुन्छ र, अफगानिस्तानले सानदार जित हात पार्छ।

कथित रुपले घाइते भएका गुलबदिनले वर्षा पछि पुनः सुरु भएको म्याचमा १५ औँ ओभरको खेलमा विकेट पनि लिए र अफगानिस्तानको जितमा उनको दौड देखेर पनि सबै छक्क परे। उनको यो रवैया अन्य खेलाडीलाई चित्त बुझेको छैन भने आईसिसीले जरिवाना गराउनु पर्छ भन्ने माग पनि उठ्यो। कतिपयले गुलबदिन जानेर मैदानमा ढलेको भन्दै आलोचना पनि गरे।

आईसिसीको नियम अनुसार ब्याटिङ्ग वा बलिङ्ग गर्ने पक्षद्वारा समय खेर गर्नुलाई दण्डनिय अपराध मानिन्छ। तर, म्याचको अन्त्यमा भने त्यसको कुनै प्रभाव परेन।

यता, गुलबदीनको चोटको बारेमा कप्तान राशिद खानले भने, ‘उनको तीघ्राको मांशपेशीमा समस्या छ। र, आशा छ की आगामी खेलमा उनी पूर्ण रुपले निको भएर फर्कन्छन्।’

अब गुलबदिनले पनि आफ्नो उक्त घटनाबारे बोलेका छन्। भारतीय स्पिनर रवीचन्द्र अश्विनको एक ट्विटमा गुलबदिनले लेखेका छन्,'कहिले खुशी कहिले दुःखमा यस्तो हुन्छ।'

प्रकाशित: १२ असार २०८१ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App