३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको अवरोध हटाउँछौँ, संसद्लाई बन्धक बन्न दिँदैनौँ: उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसको अवरोध हटाएर संसद्लाई अगाडि बढाउने बताएका छन्।

नेकपा (एमाले) चितवनको ११ औँ अधिवेशनलाई उद्घाटन गर्दै पौडेलले यस्ताे दाबी गरेका हुन्। कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएको भन्दै उनले त्यसलाई पन्छाएर अगाडि बढ्ने बताए।

‘कांग्रेसले बहुमतलाई बन्धक बनाएको छ। संसद्मा अलोकतन्त्रको हद देखायो। कुनै मर्यादा राखेन, सत्ता पक्षको ठाउँमा आएका हुलहुज्जत गर्‍यो,’ उनले भने, ‘कांग्रेसको अवरोधलाई हटाएर भएपनि संसद् बन्धक बनाउन दिँदैनौँ।’

उनले कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो नहुने समेत जिकिर गरे। उनले कांग्रेस संसद्मा अलोकतान्त्रिक रूपमा अगाडि बढेको दाबी गरे। ‘कांग्रेसको भविष्य छैन’ उनले भने ‘आउने निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षमा राख्छौँ।’

उनले आगामी चुनावमा कांग्रेसलाई जसरी भएपनि परास्त पार्ने बताए। उनले २०८४ को चुनावसम्म यही गठबन्धन रहने दाबी गरे।

‘नेपाली कांग्रेस प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छै’, उनले भने ‘यस पटक कांग्रेसलाई प्रतिपक्षमा राखेर आउने निर्वाचनमा हामीले बहुमत ल्याउँछौ।’

प्रकाशित: १२ जेष्ठ २०८१ १६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App