१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

झिना मसिना कुरामा अड्केर बस्ने समय होइन : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन्।

बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले लागुऔषध दुर्व्यसनी न्युनिकरण र रोकथामका विषयहरुमा सरकार, राजनीतिक दल, सम्बन्धित संघसंसथा, समाज एक हुनुपर्ने बताए।

उनले भने ‘अरु झिना मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय होइन। लागुपदार्थको दुव्र्यसनीले समाजमा कत्तिको समस्या भइरहेको छ, भन्नेकुरा अध्ययन, अनुसन्धानबाटै थाहा भइसकेको छ। बोर्डर एरियामा मात्रै भन्ने ठानेको थिएँ, जुम्लामा पनि लागुऔषधको विकराल अवस्था भइसकेको रहेछ। यो राष्ट्रिय रोग हो। यस्ता राष्ट्रिय रोग र बेथिति हाम्रा मुद्दा हुन्। हामी एक भएर लड्नुपर्छ। यस्ता विषय राजनीतिक मुद्दा बनोस्।’

मन्त्री श्रेष्ठले लागुऔषध दुर्व्यसनी राष्ट्रिय रोग बनेको भन्दै सबै मिलेर लड्न आवश्यक रहेको बताए। 

प्रकाशित: १२ असार २०८१ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App