२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हिमालको पाउमा पर्दा लोभिए गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहानै हेलिकप्टरबाट अन्नपूर्ण आधारशिविर (एबीसी) ओर्लिए। समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईको आधारशिविरमा हेलिकप्टरबाट ओर्लिदा गुटेरेस निकै नै खुसी थिए। आँखै अगाडि ठोकिने हिमालको पाउ पर्दा उनमा खुसीको सिमै थिएन। करिब ३५ मिनेट आधारशिविरमा बिताएका गुटेरेसले स्थानीयसँग भलाकुसारी पनि गरे।

धनी देशका कारण नेपाललाई जलवायु परिवर्तनको असर: गुटेरेस

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिनु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन्।

संघीय संसदमा आज राष्ट्रसंघका महासचिवको सम्बोधन

दिउँसो ४ बजे बोलाइएको संयुक्त बैठकमा महासचिव गुटेरेसको सम्बोधन गर्ने कार्यक्रम भएकाले सभामुख देवराज घिमिरेले संयुक्त सम्बोधन तयारीबारे संसद् सचिवालयसँग जानकारी लिएका छन्।

‘शान्ति मिसनका लागि गुटेरेसको भ्रमण थप फलदायी’

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले नेपालबाट मिसनमा जाने ‘शान्ति सेना’को थप व्यवस्थापनमा ठुलो प्रभाव राखेको सरकारले जनाएको छ ।

नेपालबाट जलवायु संकटको प्रमाण जुटाउन चाहन्छन् गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनलाई भ्रमणको प्रमुख अजेन्डा बनाएका छन् ।

गुटेरेसलाई अन्नपूर्णको अप्ठ्यारो सुनाउने तयारीमा स्थानीय

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर जाँदैछन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रभित्र पर्छ अन्नपूर्ण आधारशिविर।

द्वन्द्वपीडितप्रति दलहरूकै बेइमानी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणमा संक्रमणकालीन न्याय फेरि एकपटक बहसको विषय बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र महासचिव गुटेरेस दुवैले आइतबार संक्रमणकालीन न्यायका विषयमा चर्चा गरे।

संसद् सम्बोधनको विशेष तयारी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकमा गर्ने सम्बोधनका लागि संसद्मा आवश्यक तयारी गरिएको छ ।

सोमवार र मंगलवार कहाँ जादै छन् महासचिव एन्टोनियो गुटेरेस ?

गुटेरेसले सोमवार र मंगलवार भने पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने कार्यक्रम छ।

नेपालको जलवायु परिवर्तनबारे राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच छलफल

राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए।

राष्ट्रसंघमा नेपालको मतले इजरायल बेखुसी

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा शुक्रबार भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरूले जस्तै गरी इजरायल–हमास द्वन्द्वका क्रममा तत्काल मानवीय युद्धविरामको पक्षमा मतदान गरेको छ ।

गुटेरेसको भ्रमण: स्याङ्बोचेदेखि संसद्सम्म

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा सोलुखुम्बूको स्याङ्बोचेदेखि अन्नपूर्ण सर्किटसम्म जाने कार्यक्रम तय भएको छ ।

फलदायी बनाऔं गुटेरेसको भ्रमण

एक देशको राष्ट्र प्रमुख वा सरकार प्रमुखको अर्को देशमा हुने भ्रमण नियमित प्रक्रिया हो। त्यसैले सबै भ्रमण उत्तिकै महत्वको नहुन सक्छन्। तर कुनै कुनै भ्रमण यस्ता हुन्छन् जसले सम्पूर्ण विश्वको ध्यान खिचिरहेको हुन्छ।

राष्ट्रसंघका महासचिव आउँदै

गत पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेसँगै शक्तिराष्ट्रका प्रतिनिधिहरू एकपछि अर्को गर्दै काठमाडौं उत्रिने क्रमले निरन्तरता पाएको छ।

‘मुलुक विश्वमा चिनिने गरी स्थापित भएको महसुस गरेको छु

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक विश्वमा चिनिनेगरी स्थपित भएको आफूले महसुस गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्