१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘मुलुक विश्वमा चिनिने गरी स्थापित भएको महसुस गरेको छु

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक विश्वमा चिनिनेगरी स्थपित भएको आफूले महसुस गरेको बताएका छन्। संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे आइतबार प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण सफल रहेको दाबी गरे। उनले आफू विदेश भ्रमणमा जाँदा र आउँदा संसद्लाई सम्बोधन गर्ने गरेको पनि बताए।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन  राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्न पनि भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी थियो।

मानव अधिकार, निशस्त्रीकरण, आतंकावाद लगायतका बारेमा कुरा राखेको उनले बताए।

४७ वटा विकासोन्मुख देश सदस्य रहेको मुलुकको चेम्बर गर्ने अवसरका कारण पनि आफ्नो भ्रमणको अधिकतम सदुपयोग गरेको उनले बताए।

नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावबारे नेपाल लगायत अति कम विकसित मुलुकका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनसमेत नेपाल सफल भएको प्रधानमन्त्रीको भनाइ थियो।

राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रधानमन्त्री उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए। चीन भ्रमणबाट शनिबार स्वदेश फर्किएका थिए।

चीनको भ्रमणले विगत चार वर्षदेखिको नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको प्रधानमन्त्रीले स्मरण गरे। ‘उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ। राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ,’ प्रधानमन्त्रीले भने। उनले परम्परागत सीमानाकाको पुनःसञ्चालन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने सहमति भएको बताए।  

प्रकाशित: १५ आश्विन २०८० ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App