१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु

सन्धिखर्कमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका-१२ टाकुरा निवासी ताम बहादुर मुखियाकी ८ वर्षीय छोरी असु मुखियाको जहरे खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

पौडी खेल्ने क्रममा डुबेर गम्भीर अवस्थामा रहेकी उनलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ असार २०८१ १९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App