१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

बाढी पसेपछि विराटनगर विमानस्थल बन्द

फाइल तस्बिर

बस्तीको बाढी विमानस्थलमा पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ।

विराटनगर विमानस्थलबाट आज बुधबार साँढे १ बजे सम्म कुनैपनि विमान उडान अवतरण नभएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट  बाढी पसेको  भण्डारीले जानकारी दिए।उनका अनुसार बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको छ। यस्तै हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको छ । तर, विमानस्थलको धावनमार्गमा अहिलेसम्म बाढी नपसेको भण्डारीले बताए।

उनले भने‘विमानस्थलको धावन मार्गमा बाढी नपसे पनि बाढी पस्ने जोखिम भएका कारण विमानस्थल बन्द गरिएको हो ।’ दैनिक औसतमा १८ वटा फ्लाइट हुने गरेको विराटनगर विमानस्थलमा आज कुनै पनि फ्लाइट नभएको भण्डारीले बताए। विमानस्थलमा पसेको बाढी घट्दै सामान्य अवस्थामा आएपछि मात्रै विमानस्थल सुचारु गरिने उनले जानकारी दिए। 

प्रकाशित: १२ असार २०८१ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App