१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

टी–२० विश्वकप: दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनायो

टी–२० विश्वकप क्रिकेटको फाइनलमा  दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाएको छ।  

बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको हो।  

भारतका लागि विराट कोहलीले सबै भन्दा वढि ७६ रन बनाए।कोहलीले ५९ बल खेलेर ६ चौका र दुई छक्का प्रहार गरेका हुन।त्यसैगरी अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

दक्षिण अफ्रिकाका लागि केशब महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए। मार्को जोन्सन र कागिसो रबाडाको नाममा एक एक विकेट रह्यो। 

प्रकाशित: १५ असार २०८१ २२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App