१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ

महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ।

भारतबाट घर फर्कँदै गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियाबाट चढेका थिए।

जोशी पाटन आइपुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।  

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। जोशीको मृत्युको कारण भने खुलेको छैन। बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: १३ असार २०८१ २३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App