१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

भरतपुरको एक होटलमा चिनियाँ नागरिक मृत फेला

भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउन आएका चिनियाँ नागरिक एक होटलमा मृत फेला परेका छन्।

चितवन प्रहरीका अनुसार, आइतबार बिहान ८बजेर ५५ मिनेटको समयमा ५६ बर्षिय चिनियाँ नागरिक अस्पताल अगाडिको बर्षना होटलमा उनी कोठासँगै जोडिएको वाथरुममा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।

क्यान्सर अस्पतालमा उपचार गर्न आएका उनी असार १० गतेदेखि यस होटलमा कोठा लिएर बस्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

अहिले प्रहरीले घट्नाको प्रारम्भिक अनुसन्धान गरिरहेको छ। विदेशी नागरिक भएकाले चिनको दुताबाससँग परामर्श गरिएको पण्डितले जानकारी दिए। प्रारम्भिक अनुसन्धान हेर्दा हत्या नभएको प्रहरीको भनाई छ। 

प्रकाशित: १६ असार २०८१ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App