२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

मध्यरातको सहमतिपछि फेरि किन पुगे ओली प्रधानमन्त्रीलाई भेट्न?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।

सोमवार मध्यरातमा नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका एमाले अध्यक्ष ओली केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

नयाँ गठबन्धन गर्ने सहमति भएसँगै वर्तमान गठबन्धन सरकार अन्यौलमा परेको छ। स्रोतका अनुसार एमालेका तर्फबाट मन्त्री बनेकाहरूले आजै राजीनामा दिने तयारीमा छन्।

प्रकाशित: १८ असार २०८१ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App