२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

शिशु बोल्ने अभ्यास कसरी गर्छन्?

यस्ताे पनि!

फाइल तस्वीर

जन्मेको केही महिनामा शिशुहरूले गार्लिङजस्तो केही आवाज निकाल्छन्। त्यसपछि उनीहरूले बाबा, मामाजस्ता शब्दहरू निकाल्न थाल्छन्। खास यस्तो किन हुन्छ ? किन उनीहरूले शुरुमै त्यस्तो आवाज निकाल्छन्? हालै वैज्ञानिकहरूको एउटा समूहले भर्खर जन्मिएका शिशुले फुकुण्डा निकालेझैँ गर्ने, बाबामामाजस्ता आवाज निकाल्ने व्यवहारलाई वैज्ञानिकहरूले बोल्ने पूर्वअभ्यासका रूपमा लिएका छन्।

युनिभर्सिटी अफ अलाबामाका प्राध्यापक ह्युन्जू यू भन्छन्, ‘शिशुहरूले जन्मिएको केही महिनापछि विभिन्न आवाज निकाल्ने अभ्यास गर्न थाल्छन्। उनीहरू भाषाको आधारशिला निर्माण गर्न त्यस्तो आवाज निकाल्ने गरेको हाम्रो अध्ययनले देखाएको छ।’

पाँचदेखि सात महिनाका शिशुहरूले शुरुमा यस्तो आवाज निकाल्ने गर्छन्। चिच्याउनु, गुर्रगुर्र गर्नु, मध्यम स्वर निकाल्ने शिशुहरूको आवाजमा प्रायः कमै अध्येताले ध्यान दिने गरेका छन्। तर शिशुहरूले निकाल्ने त्यस्ता भोकेन्ट (आवाज) उनीहरूले भाषा सिक्ने पूर्व तयारीका रूपमा लिइनुपर्ने यू बताउँछन्।

यू र उनका अध्येता सहकर्मीहरूले ७१ बालक र ५९ बालिका गरी जम्मा १३० जनाका आमाबुवालाई उनीहरूले निकाल्ने आवाज, त्यसको प्रकारका विश्लेषण गर्न दिइएको थियो। दिनमा १६ घण्टा उनीहरूले निकाल्ने विभिन्न आवाजलाई विश्लेषकहरूले विश्लेषण गरेका थिए। एक महिने शिशुदेखि दुई वर्ष उमेर समूहका बालबालिकालाई यस अध्ययनमा सहभागी गराइएको थियो।

उनीहरूले निकाल्ने आवाजलाई पाँच विभिन्न विधामा छुट्याइएको थियो। जसमा चिच्याउनु, गुर्रगुर्र गर्नु, फुकुण्डा उडाउने, फुसफुसाउने लगायतका थिए। अध्येताका अनुसार उनीहरूका यस्ता आवाज यत्तिकै निकालिएको होइन। उनीहरूको बोल्ने प्रयासस्वरूप यस्तो गर्ने गरेको यूको निष्कर्ष छ। धेरैजसो शिशु चिच्याउनेमा परेका छन्। यस्तो चिच्याउने शिशुको आवाज निकाल्ने कण्ठ सशक्त बन्ने देखिएको छ। सबै कम उमेरका शिशुले पनि यस्तो अभ्यास चाँडै शुरु गर्ने अध्ययनमा देखिएको छ।

अध्ययनमा कयौँ कमजोरी भएको हुनसक्ने बताउँदै यू भन्छन्, ‘यसमा थप अध्ययन जरुरी छ ताकि अझै उनीहरूको बोल्ने अभ्यासबारे जान्न सकियोस्। यो नमूना अध्ययनमा आकलन गरिएका सबैथोक सही नै हुन् भन्ने पक्षमा हामी छैनौँ।’

प्रकाशित: २० असार २०८१ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App