५ आश्विन २०८१ शनिबार
image/svg+xml

काठमाडौँ ३ मा एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ क्षेत्र नं ३ मा नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए।

पाँच वर्षभित्र पर्सा १ लाई कच्ची सडकमुक्त बनाउँछु: प्रदीप यादव

'वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु। बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'

'निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँछौँ'

गठबन्धनका उम्मेदवार तथा कार्यकर्ताले उक्त प्रतिबद्धतापत्र जिल्लाका १० वटै स्थानीय तहका मतदाताको हातहातमा पुर्‍यउन थालेका छन्। पूर्वी पहाडी क्षेत्रका अधिकांश बासिन्दा कृषिमा आधारित रहेकाले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रतिबद्धतालाई निकै महत्वका साथ हेरिएको छ।

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानून निर्माण गर्छुः ओनसरी घर्ती

'जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्‍याउनेछौँ। खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ। हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ। आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ।'

जनताले महशुस गर्ने गरी विकास र समृद्धिको सपना साकार पार्छौं: खाँण

‘यहाँका ठूलादेखि साना आयोजनाहरु नेपाली काँग्रेसले ल्याएको हो तर अन्य पार्टीका केही नेता साथीहरुले अहिले यो पनि मैले गरेको त्यो पनि मेले गरेको भनेर भ्रम छरिरहनु भएको छ' खाँणले भने।

उम्मेदवार टिकापुरका, चर्चा काठमाडौँमा

संघीय संसदको निर्वाचनमा शीर्ष नेता र नेतृत्वबारे चर्चा भइरहँदा कैलाली क्षेत्रको प्रदेश ‘ख’ मा उनीहरूको प्रतिस्पर्धाले देशभर चर्चा भइरहेको छ।

कपिलवस्तुमा गठबन्धनका उम्मेदवारले गरे ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

काँग्रेस कपिलवस्तुको तौलिहवास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गठबन्धनका उम्मेदवारले आफ्नो साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

कास्की–३ः गैंडा जोगाएका कमलजंगको अजेन्डा प्रकृति संरक्षण

कमलजंग कुँवर, संरक्षणका क्षेत्रमा नयाँ नाम होईन, नयाँ पुस्ताले उनलाई नचिन्न पनि सक्छ। तर जो प्रकृतिसँग रमाउन चाहन्छ, संरक्षणमा जुट्न खोज्छ, उनीहरुबीच कुँवरको नाम उँचो छ। अझ त्यसमा पनि गैंडा संरक्षणको नाम आउँदा कुँवरलाई जो कोहीले भुल्न सक्दैन। किनकी चितवन राष्ट्रिय निकुञ्जमा धमाधम एकसिंगे गैंडा मारिँदा त्यसलाई रोक्न कुँवरको नेतृत्वमा टिम सक्रिय हुँदा गैंडाको चोरी निकाशी रोकिएको थियो। राजनीतिक दलका यिनै उम्मेदवारबीचमा कुवँर, ५१, पनि चुनावी मैदानमा छन्।

मतदाता लोभ्याउन उम्मेदवारको भोजभतेर

'मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न पाउँदैनन्,' उनले भने,'यदि त्यस्तो गरेको छ भने सिडियो साहेवलाई जानकारी गराइदिनुस् हामी छलफल गर्छौं।'

माओवादी र एस संघमा मिले पनि प्रदेशमा प्रतिस्पर्धा

‘हामीले सुरुमै केन्द्र र प्रदेश गरी रामेछापका तीन वटै सिटमा उम्मेदवारी दियौ तर पछि प्रतिनिधिसभा र प्रदेशसभाको रामेछाप (ख)को उम्मेदवारी निस्क्रिय बनायौं,’ पौडेलले भने, ‘(क) मा माओवादीले अहंकार देखायो। त्यसैले त्यस क्षेत्रमा हामीले उम्मेदवारी फिर्ता लिएनौ।’

विरासत जोगाउन ‘स्वतन्त्र’

‘यहाँ स्वतन्त्रबीच विरासतको लडाइँ छ’, गोडैता-२ की ४५ वर्षीय गायत्रीदेवी महतो भन्छिन्, ‘यो क्षेत्रमा यी दुईमध्ये कसले जित्छ भन्न मुस्किल छ।’

सडक दुर्घटना र आत्महत्या घटाउने मूल मुद्दा लिएर इन्जिनियर किरण केसी चुनावी मैदानमा

काठमाडौँ ७ मा पनि चुनावी माहोल तातेको छ। पूर्वसांसद रामवीर मानन्धरले नेकपा (एमाले)बाट टिकट नपाएर स्वतन्त्र उठेपछि झन् काठमाडौँ ७ मा रोचक बनेको छ। काठमाडौँ ७ मा श्याम घिमिरे एमालेबाट, रामवीर मानन्धर स्वतन्त्र बाट, मानुषी यमी पाँच दलीय गठबन्धनबाट उठेका छन्।

विकास, समृद्धि र राष्ट्रियताका लागि राप्रपाले जित्नुपर्छः कुन्ती पोखरेल

घरदैलोको क्रममा भेटिएका स्थानीय मतदाताहरुले हार जित जे भएपनि राप्रपालाई भोट हाल्ने प्रतिबद्धता जनाएका थिए। पुरानोलाई धेरै हेरिएको भन्दै यसपटक नयाँ उम्मेदवारलाई जिताएर हेर्ने उनीहरुको कुरा थियो। त्यस्तै क्षेत्र नं. २ मा राप्रपाको घरदैलो जारी छ।

निर्वाचन आयोगले सोध्यो डा झालाई स्पष्टीकरण

डा. झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको देखिएकाले सो निर्देशन दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्