१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनताले महशुस गर्ने गरी विकास र समृद्धिको सपना साकार पार्छौं: खाँण

राप्रपाका वडाध्यक्ष काँग्रेसमा प्रवेश

गृहमन्त्री तथा रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले अवको पाँच वर्षमा जनताले महशुस गर्ने, आँखाले देख्ने र जीवनस्तर परिर्वतन हुने गरी  विकास गर्ने बताएका छन्।

चुनावी अभियानको क्रममा क्षेत्र नं. ३ का विभिन्न स्थानमा भएका सभालाई सम्बोधन गर्दै नेता खाँणले लोकतान्त्रिक गठबन्धनले अवको निर्वाचन जितेर जनताले महशुस गर्ने गरी देशको विकास र समृद्धिको सपना साकार पार्ने बताएका हुन्।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले जनताको अवस्था बदल्नकै लागि गठबन्धन गरीएको  भन्दै उनले पाँच दलीय  गठबन्धनको शक्तिले मात्रै समुन्नत  नेपाल निर्माण गर्न सक्ने दाबी गरे। राजनीतिक दलहरुकै सहमतिमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको भन्दै उनले गरिबी र बेरोजगारी समस्याको अन्त्य गर्न गठबन्धन नै निर्णायक शक्ति बन्ने बताए।

नेता खाँणले हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन देशका १ सय ३० स्थानमा अगाडि रहेको दाबी गरे। मेहनत गर्दै जाँदा गठबन्धनको अग्रता अझै बढ्ने पनि बताए। आफनो पार्टीको रिर्पोट अनुसार एमाले २१ र बाँकी १४ स्थानमा अन्य दलको अग्रता रहेको दाबी खाँणको छ। राप्रपा ५–६ क्षेत्रमा त्यो पनि तेस्रो–चौथो स्थानमा देखिएपनि र बाँकी ठाउँमा निकै पछाडी रहेको बताए।

उनले माधव नेपाल प्रधानमन्त्री र आफू सिंचाइमन्त्री भएको बेला रुपन्देहीमा धेरै विकासका आयोजना अगाडि बढेको बताए। ‘यहाँका ठूलादेखि साना आयोजनाहरु नेपाली काँग्रेसले ल्याएको हो तर अन्य पार्टीका केही नेता साथीहरुले अहिले यो पनि मैले गरेको त्यो पनि मेले गरेको भनेर भ्रम छरिरहनु भएको छ' खाँणले भने। ठूला र राष्ट्रिय महत्वका आयोजनाहरु सञ्चालन र निर्माणका क्रममा कतै मुख समेत नदेखाइ बसेका केही दलका नेताहरुले अहिले ती विकास आफूले एक्लै गरेको भनेर जनतालाई भ्रममा पारी रहेको बताए।

भैरहवा–परासी सडक खण्डको विस्तार, बेलहिया–बुटवल व्यापारीक मार्ग विस्तार, जनताको तटबन्धन जस्ता महत्वपूर्ण आयोजानहरु नेपाल प्रधानमन्त्री र आफू सिंचाइमन्त्री भएको बेला सुरु गरिएको गृहमन्त्री खाँणले बताए। उनले राष्ट्रिय महत्वका ठूला आयोजनाहरु सबै काँग्रेसका पालाम सुरु गरी केही निर्माण सम्पन्न गरेको र  केही आयोजना अवको पाँच वर्षमा जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाए।

भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, रुपन्देहीमा अधिकांश नदी खोलामा पुल निर्माण, करिडोर सडकहरु, औधागिक क्षेत्र, खानेपानी, अस्पताल तथा स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती जस्ता विकास निर्माणका योजनाहरु नेपाली काँग्रेसले ल्याएको उनले बताए। खाँणले गठबन्धनको जित पछि समग्र रुपन्देहीको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग, व्यवसायको विकास र विस्तार हुने गरी बहुपयोगी आयोजनाहरु ल्याउने प्रतिबद्धता पनि गरे।

राप्रपाका वडाध्यक्ष काँग्रेसमा प्रवेश

राप्रपाका बुटवल १४ का वडाध्यक्ष रामदयाल चौधरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। राप्रपाले नीति सिद्धान्त र जनतालाई भन्दा केही व्यक्तिलाई केन्द्रमा राखेर पार्टी सञ्चालन गरकाले राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको चौधरीले बताए। संविधान र लोकतन्त्रको रक्षा गर्दै देश र जनताको पक्षमा काम गर्ने पार्टी भएकाले काँग्रेस आफनो रोजाइमा परेको उनले बताए।

गृहमन्त्री खाँणले चौधरीलाई टिका माला लगाएर पार्टी  प्रवेस गराएका हुन्। खाँणले काँग्रेसप्रतिको जनताको विश्वास र भरोसालाई कहिल्यै तोडिन नदिने भन्दै अबको पाँच वर्षमा जनताको जीवनस्तरमा परिवर्तन हुने गरी विकासले गती लिने बताए। सिद्धार्थ नगरका पूर्वनगर सचिव तारानाथ पाण्डेय र वडा नं. ९ का उपसभापति रामबहादुर थापा पनि काँग्रेसमा प्रवेस गरेको काँग्रेसका क्षेत्रीय सभापति शुसिल गुरुङले जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०७९ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App