coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विकास, समृद्धि र राष्ट्रियताका लागि राप्रपाले जित्नुपर्छः कुन्ती पोखरेल

राष्ट्रिय प्रजातन्त्र पार्टीकि नेतृ तथा काठमाडौं क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले विकास, समृद्धि र राष्ट्रियताका लागि आफ्नो पार्टीले जित्नुपर्ने बताएकी छन्।

आइतबार क्षेत्र नं. २ मा घरदैलोको क्रममा नवदुर्गा टोल सुधार समितिले गरेको स्वागत कार्यक्रममा बोल्दै राप्रपा नेतृ तथा काठमाडौँ २ की उम्मेदवार पोखरेलले विकास र समृद्धिका लागि राप्रपाले जित्नैपर्ने बताएकी हुन्।

उनले राष्ट्र र राष्ट्रियताको लागि पनि आफूहरुले जित्नुपर्ने आवश्यकता रहेको बताइन्। नेतृ पोखरेलले आफूलाई हार र जितको मतलव नभएको भन्दै आगामी पाँच वर्ष क्षेत्र नं. २ का जनताको काम गर्ने बताइन्। उनले आफूले काम गरेरै छाड्ने र चुनाव पनि जित्ने दाबी गरिन्।

उनले भनिन्, ‘यसपटक हामीले विकास, समृद्धिको लागि, राष्ट्र र राष्ट्रियताको लागि पनि यसपाली हलोले जित्नैपर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले जित्नैपर्छ। हामीले एक सेकेण्ड पनि ढिला नगरी घरघरमा गएर भोट माग्न आवश्यक छ। यो काम त म अवश्य नै गर्नेछु। हारे पनि गर्छु। जिते पनि गर्छु। गर्नै हिँडेको जिल्ला जिल्लामा। अब यो पाच वर्ष क्षेत्र नं. २ मा गर्नेछु। हार र जितको मलाई मतलव छैन। एकदम म डटेर, कसम खाएर मेरो हार, जितको मलाई मतलव छैन। म काम गर्नै आएको हो। काम गरेरै छाड्छु। जित्छु पनि।’

यस्तै काठमाडौँ क्षेत्र नं. २ प्रदेश सभा ख का प्रदेश सभा सदस्य उम्मेदवार राजु बिष्टले आफूहरुको जित सुनिश्चित भइसकेको दाबी गरे। उनले सनातन हिन्दु धर्म जोगाउनका लागि राप्रपाको चुनावचिन्ह हलोमा मतदान गर्न आग्रह गरे।

राप्रपाले क्षेत्र नं. २ मा घरदैलो तिब्र पारेको छ। आइतबार घरदैलोमा भेटिएका नेता, कार्यकर्ता तथा मतदाता उत्साहि देखिन्थे। पर्चा, पम्प्लेट बाड्दै तथा चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा राप्रपाको उम्मेदवारहरु पुगिरहेका छन्। क्षेत्र नं. २ मा भेटिएका एक मतदाताले यसपालि मतदाताहरुले भोट परिर्तन गर्नुपर्ने बताए। उनले हिन्दु राष्ट्र कायम गराउनका लागि राष्ट्रवादीहरुको जित हुनुपर्ने बताए।

घरदैलोको क्रममा भेटिएका स्थानीय मतदाताहरुले हार जित जे भएपनि राप्रपालाई भोट हाल्ने प्रतिबद्धता जनाएका थिए। पुरानोलाई धेरै हेरिएको भन्दै यसपटक नयाँ उम्मेदवारलाई जिताएर हेर्ने उनीहरुको कुरा थियो। त्यस्तै क्षेत्र नं. २ मा राप्रपाको घरदैलो जारी छ।

प्रकाशित: २० कार्तिक २०७९ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App