८ वैशाख २०८१ शनिबार
राजनीति

कपिलवस्तुमा गठबन्धनका उम्मेदवारले गरे ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

शिक्षा स्वास्थ्य कृषि पूर्वाधार, पर्यटन र स्वारोजगारलाई प्राथमिकता

बिपीको तस्बिरलाई साक्षी राखेर कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले ३० बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। काँग्रेस कपिलवस्तुको तौलिहवास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी गठबन्धनका उम्मेदवारले आफ्नो साझा प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेशसभा २ (१) मा गठबन्धनका तर्फबाट काँग्रेस उम्मेदवार बिक्रम सिंह थापा, २ (२) बाट गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार सुधाकर पाण्डेय, समानुपातिक तर्फबाट माओवादी केन्द्रका संघीय उम्मेदवार जितबहादुर चौधरी र काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँ लगायतले सामूहिक रुपमा प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन्।

सो प्रतिबद्धता पत्र लुम्बिनी प्रदेश सदस्य रबिन्द्रनाथ ठाकुरको संयोजकत्वमा गठीत तयारी समितिले तयार पारेको हो। प्रतिबद्धता–पत्रलाई महामानव बिपी कोइरालाको तस्बिरलाई साक्षी राखेर सार्वजनिक गरिएको र अक्षरस कार्यान्वयन गरिने उम्मेदवारहरुले बताए। नागरिककता लगायतका राष्ट्रियस्तरको विषयवस्तु पार्टीको संघको घोषणापत्रमा र प्रदेशस्तरका योजना पार्टीको प्रदेश घोषणापत्रमा समेटिएको जानकारी दिँदै निर्वाचन क्षेत्रमा तयार पारिएका प्रतिबद्धता कार्यान्वयनलाई प्राथमिकता दिने बताए।

पार्टीका लागी योगदान दिएका स्वतन्त्रता सेनानीहरु भोलानाथ शर्मा र दयाशंकर मुन्सीका योगदानलाई कदर गर्न पार्टी प्रतिबद्ध रहेको उनले जनाए। सो अवसरमा प्रतिनिधीसभाका उम्मेदवार आचार्यले ३० बुँदे प्रतिबद्धता बाचन गरेका थिए। उनले आफूहले सोही प्रतिबद्धता पत्र अनुसार काम गर्ने बताए।  प्रतिबद्धता–पत्रमा उल्लेख गरिएका प्रतिबद्धता पूरा गर्न आफू मन, बचन र कर्मले लाग्ने आचार्यले विश्वास दिलाए।

३० बुँदे प्रतिबद्धता–पत्रमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषी, सिंचाइ, युवा स्वरोजगार, महिला, पर्यटन, रोजगारी, खानेपानी, खेलमैदान निर्माण, अपांगता क्षेत्र, यौनिक अल्पसंख्यक, भूमिहीन र सुकुम्बासी तथा द्वन्द पीडित र घाइतेका विषयमा काम गर्ने प्रतिबद्धता जनाइएको छ। काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँले सार्वजनिक गरिएको प्रतिबद्धता–पत्र पूरा गराउने आफूहरुको दायित्वको विषय भएको बताए। प्रतिबद्धता–पत्रलाई अक्षरस कार्यान्वयन गरिने उनले प्रतिबद्धता जनाए।

कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सहसचिव वजिह अरसदले गरेका थिए भने पत्रकार महासंघका शाखा अध्यक्ष किरणमान बज्राचार्य काँग्रेस केन्द्रीय प्रचार प्रसार समितिका सदस्य राजेश ज्ञवाली काँग्रेस नगर अध्यक्ष खुर्सेद अहमद 'खा'सहितका पत्रकारको सहभागीता थियो। तयार पारिएको प्रतिबद्धता–पत्रलाई क्युआरकोड् स्क्यान गरेर मुख्य प्रति अध्ययन गर्न सकिने गरी प्रविधिमैत्री बनाइ तयार पारिएको तयारी समितिका संयोजक ठाकुरले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०७९ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App