४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले सोध्यो डा झालाई स्पष्टीकरण

निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा रञ्जितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

डा झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको देखिएकाले सो निर्देशन दिइएको हो। निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ।

स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईँले दलका उम्मेदवारको प्रचार–प्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित सार्वजनिक सेवासम्बन्धी कानुनसमेतको उल्लङ्घन हुन्छ, हुँदैन रु तपाईँबाट उक्त कार्य भएको भए किन कानुनबमोजिम कारबाही हुनुनपर्ने हो?’

प्रकाशित: १९ कार्तिक २०७९ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App