४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई वर्षमा रविले बुझे ग्यालेक्सीबाट १ करोड बढी तलब

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ। 

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने  ग्यालेक्सी टेलिभिजनको  प्रबन्ध निर्देशक रहँदा  १ करोड बढी तलब बुझेको उल्लेख छ।

लामिछानेले आर्थिक वर्ष ०७८/०७९मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन्। आर्थिक वर्ष ०७७/७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेले जम्मा १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन्। 

प्रकाशित: ४ आश्विन २०८१ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App