१ मंसिर २०८१ शनिबार
image/svg+xml

संक्रमित अवस्था बुझ्न घरमा

कोरोना संक्रमित होम आइसोलेन्समा नबसेको, बजारतिर हिँड्ने गरेको तथा संक्रमितलाई पनि कसैले वास्ता नगरेको भन्ने विषयले निक्कै चर्चा पाएपछि संक्रमितको अवस्था बुझ्न घरमै जाने कामको सुरुवात गरिएको छ।

ताप्लेजुङमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ११ पुग्यो

ताप्लेजुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। मंगलबार मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ८१ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि मृतक संखया ११ पुगेको हो।

कोरोना संक्रमित बेडबाट लडेको घटनाबारे वीपी प्रतिष्ठानले छानबिन गर्ने

बेडबाट लडेर गम्भीर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको घटनाबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छानबिन गर्ने भएको छ। मृतकको परिवारजनले छानबिनको माग गर्दै शव जिम्मा नलिने अडान लिएपछि प्रतिष्ठानले आन्तरिक छानबिन गर्ने भएको हो।

एउटै गाउँका २७ जनाको परीक्षणमा ९ जनामा संक्रमण

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी फेला परेपछि वडाको समन्वयमा परीक्षण गरिएको वडाध्यक्ष विशाल खड्काले बताए।

रोल्पामा घट्दै संक्रमित

मंगलबार रोल्पामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। दोस्रो चरणको संक्रमण सुरु भएयता रोल्पामा १४ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। योबाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भइसकेको छ।

व्यवसायी भन्छन्ः कोरोनाविरुद्धको खोप नपाएसम्म पर्यटन क्षेत्र खुल्दैन

कोरोना भाइरसको दोश्रो लहरसँगै वैशाख दोश्रो सातादेखि पर्यटन क्षेत्र ठप्प छ । सुनसान बनेको पर्यटन क्षेत्र अब कहिले खुल्ला भन्ने यकिन छैन । तर, पर्यटन व्यवसायी भने कोरोनाविरुद्धको खोप नपाएसम्म अवस्था सहज भईहालेपनि व्यवसाय नखोल्ने अडानमा छन् ।

एउटै गाउँमा कोरोनाकाे लक्षणसहितका दुई दर्जन बढी बिरामी

जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडमा कोरोना लक्षणका दर्जनौ बिरामी भेटिएका छन्। कोरोनासंग मिल्दाजुल्दा लक्षण भेटिएको बिरामी फेला परेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए।

कोरोना संक्रमितले दूध वितरण गर्दै हिँडेको जनगुनासोपछि डेरी उद्योगमा अनुगमन

वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा डेरी उद्योगहरुमा अनुगमन गरेको छ। डेरीको दुध वितरकहरु कोरोना संक्रमित भएकाहरुले वितरण गर्दै हिड्दा महामारी फैलिएको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको जनाइएको छ।

कोरोना सङ्क्रमितलाई नि:शुल्क आयुर्वेदिक औषधि

काेभिड महामारीका बिरामीलाई सहज उपचार र संक्रमण रोक्ने उदेश्यले नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरले नि:शुल्क औषधि बितरण गरेको हो।

रौतहटमा काेराेनाबाट मृत्यु हुनेको संख्या सय नजिक

रौतहटका कोरोना संक्रमितमध्ये लगातार दोस्रो दिन पाँच जनाको मृत्यु भएको छ । आइतबार विभिन्न जिल्लाका अस्पतालमा रौतहटका संक्रमितको पाँच जनाको मृत्यु भएकोमा सोमबार पनि विभिन्न अस्पतालमा थप पाँच जना संक्रमितको मृत्यु भएको छ ।

सुदूरमा कोरोना कहरः घट्दै छ संक्रमण दर

नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा बढेको संक्रमण दर पछिल्लो एक साता यता भने घटेको छ । सोमबार मात्रै सुदूरपश्चिममा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप ६ हजार ४९१ जना संक्रमणमुक्त, ११४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ।

यसरी जितियो कोरोना !

जताततै कोभिड–१९ को संक्रमण पुष्टि भएको खबर प्रवाह भइरहेको थियो । जनप्रतिनिधिका नाताले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई आफ्नो वडावासीलाई संक्रमणबाट ‘बच्ने र बचाउने’ विधिका बारेमा सचेत गराउँदै खटिइरहेका थिए ।

राउटे समुदायमा देखिएन कोरोना संक्रमण

हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा बस्दै आएका राउटे समुदायको दुई दिनअघि कोरोना परीक्षण गरिएको थियो।

भियतनाममा भेटियो हावाबाट पनि सर्ने नयाँ कोरोना भेरियन्ट

भियतनामका अधिकारीले शनिबार जानकारी दिएअनुसार यो नयाँ भेरियन्ट(प्रजाति)मा भारतमा भेटिएको भेरियन्ट र बेलायतमा भेटिएको भेरियन्ट दुवैका गुण रहेका छन। गत वर्ष महामारीको पहिलो लहर नियन्त्रण गर्न सफल रहेको भियतनाममा गत अप्रिलदेखि भाइरस संक्रमण तीव्र देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्