९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटमा काेराेनाबाट मृत्यु हुनेको संख्या सय नजिक

रौतहटका कोरोना संक्रमितमध्ये लगातार दोस्रो दिन पाँच जनाको मृत्यु भएको छ । आइतबार विभिन्न जिल्लाका अस्पतालमा रौतहटका संक्रमितको पाँच जनाको मृत्यु भएकोमा सोमबार पनि विभिन्न अस्पतालमा थप पाँच जना संक्रमितको मृत्यु भएको छ । सोमबार मृत्यु भएका पाँच संक्रमितसँगै रौतहटका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या सय नजिक पुगेको छ ।  

पछिल्लो २४ घन्टामा गौरस्थित अस्थायी कोभिड अस्पतालमा बौद्धिमाइ नगरपालिका ३ की ३२ वर्षीया एक महिला, राजपुर नगरपालिका ६ की ३२ वर्षीया महिला र चन्द्रपुर नगरपालिका १० का ५२ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यसैगरी दुर्गा भगवती गाउँपालिका ३ का ५५ वर्षीय एक पुरुषको काठमाडौँमा र मौलापुर नगरपालिका ६ का ४१ वर्षीय एक पुरुषको वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । 

पछिल्लो २४ घन्टामा रौतहटका पाँच संक्रमितको मृत्यु भएसँगै जिल्लाका कोरोनाबाट मृतककाे संख्या ९९ पुगेको छ ।

जिल्लामा सोमबार कोरोना संक्रमितको संख्या ७५८ रहेको छ । सोमबार थप ११ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७८ १४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App