९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

अष्ट्रेलियाका लागि आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त

फाइल।

राष्ट्रपति रामचन्द्र पौडेलले चन्द्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूतमा नियुक्त गरेका छन्।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) अनुसार यादवलाई राष्ट्रपति पौडेलले राजदूतमा नियुक्त गरेका हुन्।

बुधबार संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइ सकिएलगत्तै सर्वसम्मतिबाट अनुमोदन गरेको थियो।

यस अघि अष्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता अर्यालको पृष्ठभूमिका समस्या देखिएपछि सरकारले यादवको नाम सिफारिस गरेको थियो।  

प्रकाशित: ९ मंसिर २०८१ १६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App