७ वैशाख २०८१ शुक्रबार
समाज

थप ६ हजार ४९१ जना संक्रमणमुक्त, ११४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा ४ हजार ७६२ जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो।  

संक्रमणबाट २४ घन्टामा ११४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या ७ हजार ३८६ रहेको छ।

प्रकाशित: १७ जेष्ठ २०७८ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App